काठमाडौं । नेपाली सुगम संगीतका एक शिखर व्यक्तित्व रामकृष्ण ढकाललाई रु,वाउने लालीगुराँस सहकारी का,लोसूचीमा परेको छ ।सिन्धुपाल्चोकमा आयोजनास्थल रहेको भैरवकुण्ड हाइड्रोपावरको संस्थापक लगानीकर्तासमेत रहेको लालीगुराँस सहकारी समेत का,लोसूचीमा पर्ने भएको हो ।सानिमा बैंकलगायत बैंक अफ काठमाण्डू, एनएमबी बैंक, एनआइसी एशिया बैंक र मन्जुश्री फाइनान्स तथा ग्लोबल आइएमई बैंकले भैरवकुण्ड हाइड्रोपावर लिलामीको सूचना बिहिबार प्रकाशित गरेको छ ।ती बैंकका तर्फबाट प्रकाशित भएको सूचना अनुसार आगामी १५ दिनभित्र उक्त हाइड्रोपावर लिलामी गर्न लागिएको हो ।

लालीगुराँस सहकारीसमेत सो आयोजनाको संस्थापक लगानीकर्ता हो ।सहकारी नियमावली २०७५ अनुसार सहकारीको ऋण अपचलन गर्ने, तोकिएको समयभित्र ऋ,णको ब्याज र सावा नतिर्ने सदस्यलाई का,लोसूचीमा राख्ने व्यवस्था गरिएको छ ।लालीगुराँसबाट ऋ,ण लिएपछि गायक ढकालले च,रम है,रानी पाएको दा,बी गर्दै आएका छन् । उनले सहकारीले आफ्नो घरजग्गा ह,डपेको आ,रोप पनि लगाउँदै आएका छन् ।पछिल्लो समय रामकृष्ण र श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबीच आ,रोप प्र,त्यारोप समेत चलिरहेको थियो ।ढकालले लालीगुराँस सहकारीबाट १ करोड ८० लाख रुपैयाँ लोन लिएका थिए ।

सोही ऋ,णको आधारमा उनले २ करोड २५ लाख रुपैयाँ बराबरको घर लिएका थिए ।लालीगुराँसले करिब १७ प्रतिशत ब्याजमा ढकाललाई ऋ,ण दिएको थियो ।केही समयअघि साता ढकाल र उनको श्रीमतिबीच सहमतीमा डिर्भोस पनि भयो । यसलाई पनि ऋणसँग जोडेर हेरिएको छ । ढकालको घर लि,लाम गरेको लालिगुराँस सहकारी भने अहिले आफैं स,मस्या परेको हो ।भैरवकुण्ड हाइड्रोपावरमा २३ जना व्यक्तिगत जमानतकर्ताहरु थिए । ६ वटा संस्थागत जमानतकर्ता थिए । जसमा ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको लालिगुराँस बहुउद्देश्य सहकारी संस्था पनि संस्थागत रुपमा जमानतकर्ता बसेको छ ।

बैंक स्रोतका अनुसार भैरवकुण्डले बैंकहरुलाई ४० करोड रुपैयाँ तिर्न बाँकी छ ।लालिगुराँस सहकारीको वेवसाइटमा उल्लेख भए अनुसार सहकारीले भैरवकुण्ड हाइड्रोपावरमा पनि लगानी गरेको छ । सेयरको रुपमा सहकारीले भैरवकुण्डमा लगानी गरेको हो ।यदि हाइड्रोपावरले ऋ,ण नतिरेमा लालिगुराँस सहकारी पनि स्वत कर्जा सूचना केन्द्रको का,लोसूचिमा पर्छ । २०७५र७६ को रिपोर्ट अनुसार लालिगुराँस सहकारीमा ५ अर्ब ३५ करोड निक्षेप रहेको छ । ४ अर्ब १८ करोड रुपैयाँ कर्जा रहेको छ ।


Your Views
Related News