बाँस्कोटालाई ८ वर्ष जे’ल स’जाय ?

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि ७० करोड क,मिसन प्र,करणमा अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगले अध्ययन सुरु गरेको छ ।

बिहीबार साँझ सादा पोसाकमा सञ्चार मन्त्रालयमा पुगेको सुरक्षाकर्मीको टोलीले बाँस्कोटाको कार्यकक्षमा छापा मारेको बताइएको छ । बाँस्कोटाको निजी सचिवालयका कागजपत्र नियन्त्रणमा लिएको अ,ख्तियार स्रोतले बताएको छ ।

अ,ख्तियार स्रोतका अनुसार मन्त्रीले प्रयोग गर्ने गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड क,मिसन मागेको प्र,माणित भए बाँस्कोटालाई ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रुपैयाँसम्म ज,रिवाना हुनसक्नेछ ।

बाँस्कोटाले क,मिसन मागेको अडियो क्लिप सार्वजनिक भएपछि बिहीबार मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । भ्र,ष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको कसुरको लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म ज,रिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

७० करोडको ७० प्रतिशत अर्थात ५१ करोड ९० लाख उनले क,मिसन पाउने भएपछि त्यसको आधा अर्थात २५ करोड ४५ लाख रुपैयाँ ज,रिवाना हुनसक्छ । भ्र,ष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्र,ष्टाचारको कसुर ठहर भए बिगोबमोजिम ज,रिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ ।ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा हुनेछ । त्यो भनेको कुल स,जायको आधा हो ।


Your Views
Related News