इटहरी : सप्तकोशीमा पानीको बहाव घट्न थालेको छ। आइतबार बिहानको मापनअनुसार २ लाख ९० हजार ३४० क्युसेक पानीको बहाव छ। शनिबार राति ३ लाख ७१ हजार एक सय १० क्यूसेकसम्म पानी पुगेपछि सबै ५६ वटै ढोका खोलिएको ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

अहिले पनि ब्यारेजका ५६ ढोका खुला छन्। पानीको सहज निकास भएपछि पानीको बहाव कम भएको हो। कोशी ब्यारेजमै दबाब पुगेपछि सबै ढोका खोलिएको थियो।

सप्तकोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघ्यो : ४० ढोका खुला-इटहरी : भारी वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढ्ने क्रमजारी छ। शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

सप्तकोशीमा पानीको बहाब बढ्दै, ३३ ढोका खोलियो
शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ७ हजार ६५५ क्यूसेक पुगेको हो। यो अहिलेसम्मकै उच्च बहाव हो। पानीको बहाव उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशीको पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४० ढोका खुला गरिएको छ।


Your Views
Related News