काठमाडौं । पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले से’क्युरिटी प्रिन्टिङ प्रेस खरिदमा क,मिसन डी,ल गरेको अडियो सार्वजनिक गर्ने स्वीस कम्पनीका नेपाली प्रतिनिधि भनिने विजय प्रकाश मिश्रले यो प्र,करणमा मुख्य दो’षी को को हुन भनेर समेत खुलासा गरेका छन् । टाईम्स टेलिभिजनबाट प्र,शारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि सरकारले गठन गरेको तीन सदस्यीय कार्यदल जसमा तीन जना मन्त्री र तीन जना सचिव रहेको बताउँदै उनले कार्यदलका सदस्यहरुले समेत यसबारेमा छिटो फाईल अघि बढाउन नि,र्देशन दिएको मिश्रले खुलासा गरे । उनका अनुसार नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीपनि यो प्र,करणमा संलग्न छन् । उनले समेत छिटो फाईल ल्याउन नि,र्देशन दिएको मिश्रले खुलासा गरे । यो प्र,करणमा आफ्नो विजय प्राप्त भएको उनले दाबी गरे ।

उनले भने,‘यहाँ ७० करोडको मात्रै भ्र,ष्टाचारको कुरा थिएन, करिब ५ अर्ब भ्र,ष्टाचार हुनबाट मैले देशलाई जोगाएको छु । यो प्र,करणमा अ,ख्तियारले छा,नबिन गर्नुपर्छ ।’ अडियो बाहिरिएपछि गोकुलप्रसाद बाँस्कोटाले रा,जीनामा दिएको विषयलाई उनले नैतिक साहस देखाएको चित्रण गरे । उनले भने,‘म प्रशंसा गर्छु । तर, यो प्र,करणमा प्रधानमन्त्रीमाथि पनि छानबिन हुनुपर्छ भन्ने मेरो माग छ ।’

भिडियो हेर्नुहोस


Your Views
Related News