काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटासहित चार जनावि,रुद्ध अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगमा उ,जुरी परेको छ ।

उ,जुरी हाल्नेमा बाँके नेपालगञ्जका प्रेमबहादुर शाही र मकवानपुर हेटौँडाका आनन्दराम पौडेल छन् । उ,जुरीकर्ताले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीसँग निवर्तमान मन्त्री बाँस्कोटाले ७० करोड ‘क,मिसन’ मागेको अडियो प्रधानमन्त्रीले डेढ महिनाअघि नै पाएपनि संलग्नहरुलाई का,रवाहीका लागि कदम नचालेकाले प्रधानमन्त्री ओलीसहित चारैजनालाई का,रवाहीका माग गरेका छन् ।

शाही र पौडेलले प्रधानमन्त्री ओली निवार्तमान मन्त्री बाँस्कोटा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलवि,रुद्ध उ,जुरी दिएका हुन् ।

‘प्रधानमन्त्रीले भ्र,ष्टाचारको प्र,माण पाएपछि पनि भ्र,ष्टाचार सम्बन्धी अ,नुसन्धान गर्ने र मु,द्दा चलाउने संवैधानिक निकाय अ,ख्तियार दु,रुपयोग अ,नुसन्धान आयोगलाई जानकारी दिनुपर्नेमा सो प्रमाण लुकाएकाले प्रधानमन्त्री समेत भ्र,ष्टाचार उद्योग कार्यमा संलग्न र मतियार रहेको स्वतः पुष्टि हुन्छ’, आइतबार अ,ख्तियारमा दिएको उ,जुरीमा भनिएको छ ।

यसअघि बाँस्कोटालाई का,रवाहीको माग गर्दै आइतबार नै विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले उ,जुरी दिएका थिए ।


Your Views
Related News