मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

माया प्रेममा एक अर्कालाई शंका तथा अबिश्वास गर्दा समस्या आउन सक्छ ध्यान दिनुहोला । कानुन तथा निति नियमको उ,ल्लङघन गर्दा जरिवाना तिर्नु पर्ने हुनसक्छ । आफन्त तथा अग्रजहरु सँग राय बाजिने तथा बिछोड सम्मको अवस्या आउन सक्छ । बिदेशी लगानि बाट सञ्चालित सस्थाहरुमा काम पाउने तथा बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्र,शङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

निर्णय क्षमतामा बृ,द्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । मान सम्मान तथा ई,ज्जत प्रतिष्ठामा बृ,द्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सु,दृड हुनुको साथै माया प्रेमको गा,ठो गसिलो भएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आ,लोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शं,काको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भौतिक सम्पति तथा सवारि साधनको कारोबार गर्दा वा प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । अन्य क्षेत्र मध्ययम रहेपनि बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानि सुरक्षित हुनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । आटेको काम तत्काल नहुने योग रहेको भएपनि पछिको लागि जग बसाउने मौका मिल्नेछ । आफन्त तथा घरका मानिससँग सामान्य कुारामा राय बाजिने वा बि,वाद हुने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार तथा व्यावसाय बिश्तारको सन्द्रर्भमा लामो दुरिको यात्रा हुनेछ । घर परिवार तथा आफन्तहरुको सहयोगमा महत्वपुर्ण तथा स,कारात्मक कामहरु अगाडि बढाउँन सकिने समय रहेकोछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ भने आथित्यपुर्ण सम्मान प्राईने हुँदा मन प्रशन्न हुनेछ । नयाँ सोच तथा नबिन बिचार आउँने हुँनाले बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बि,वादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

ईष्टमित्र तथा आफन्तको सल्लाहलाई शिरोधार्य गर्दै निर्णय आफै लिनुनै उत्तम रहेकोछ । पढाई लेखाईमा प्रसस्त समय खर्चिय मात्रा सफलता हात लाग्नेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा नचाहादा नचाहादै एक अर्कासँग टाडिनु पर्नेछ । स्वास्थ्यले साथ नदिदा कामहरु नहुने तथा ढिला हुनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिुनहोला सामान्य चो,टपटक लाग्न सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

अध्ययन तथा अध्यापनमा बा,धा हुनेछ भने अरुका लागि समय तथा श्रम खर्चनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्थन पाईने योग रहेको छैन । घर परिवारमा आफन्त तथा आमालाई छोडेर टाडाको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आफ्नो रुचिको बिषयमा दिईयको समयबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछ । दाजुभाई,छिमेकि तथा सहयोगिहरु सँग मिलेर गरिने कुनै पनि उत्पादन मुलक क्षेत्रमा गरिएको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ भने पति पत्निबिच बिश्वासको डोरो अझ कसिलो भएर जानेछ । छोटो दुरिको व्यावसायिक तथा रमाईलो यात्राको तय गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । निर्णायक पदमा हुनुहुन्छ भने कुनै पनि निर्णय गर्दा ध्यान दिनु जरुरि देखिन्छ तपाईको निर्णयको आ,लोचना गर्न बिपक्षीहरु तम्तयार भएर बसेका हुनसक्छन् । ईष्टमित्र तथा आफन्तहरु तपाईको घ,मण्डी स्वभावले टाडिन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले फितलो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउँन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।


Your Views
Related News