२७ असार, काठमाडौं । कलंकीको भुलेश्वरी मन्दिर छेउ बस्ने बर्दियाका ३२ वर्षीय विनोद चौधरी शुक्रबार दिउँसो बल्खु खोला किनारमा थिए ।विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी हेर्न पुगेका उनी एक्कासी नदीमा हामफालेपछि अधिकांशले आश्यर्च माने ।

केहीबेरमै थाहा भयो, खोलाले बगाएर ल्याएको सिलिण्डर ग्यास समात्न चौधरीले फाल हानेका रहेछन् ।उहाँ खोलामा पसेर सिलिण्डर तान्दातान्दै डुब्नु भएछ’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पालले अनलाइनखबरसँग भने, ‘हामीले उहाँको खोजी जारी राखेका छौं ।’

तर, दिउँसै बगेपछि अहिलेसम्म नभेटिएकाले सकुशल भेटिने झिनो आश मात्र रहेको प्रहरी बताउँछ ।

चौधरी सुरुमा आफ्नै कोठाको सिलिण्डर बगेपछि हाम फालेको हुनसक्ने आशंका गरिएको थियो । तर, प्रहरीले गरेको अनुसन्धान क्रममा त्यो सिलिण्डर केहीमाथि रहेको ग्यास डिपोबाट बगाएर ल्याएको खुलेको थियो ।

यो पनि पढ्नुहोस भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण स्थगित २० असार, काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको छ ।

भारतीय दूतावासले लिखित पत्र नै पठाएर दबाव दिएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको स्रोतले बतायो । यद्यपि सरकारले विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको बताएको छ ।

नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

यो पनि पढ्नुहोस
तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याउको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो ।

नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र नै लेखेको थियो ।


Your Views
Related News