सत्तारुढ नेकपाका स्थायी समित सदस्य भीम रावलले कालापानी क्षेत्रमा नेपाली सीमा चौकी स्थापना गर्न सरकारसमक्ष मा,ग गरेका छन् । भारतले मिचेर कालापानी क्षेत्रमा रहेका भारतीय प्रहरी चौकीलाई हटाउन सरकारले चालेको कदम प्रशंसायोग्य रहेको भन्दै कालापानी क्षेत्रमा नेपालका सीमा चौकी स्थापना गर्नुपर्ने बताएका छन् ।

‘कालापानीमा सीमा चौकी स्थापनालाई तादरुपताका साथ अघि बढाइयोस् यसका लागि आवश्यक बजेट छुट्याइयोस्,’ मंगलबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रावलले भने । टिंकर क्षेत्रका बासिन्दा तल झर्दा आफ्नै भूमि टेक्न मिल्ने गरी बाटो बनाउन पनि रावलले सरकारको ध्यानाकर्षण गराए ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको र,क्षाका लागि प्रधानमन्त्रीले बालुवाटारमा राखेको सर्वदलीय बैठककमा गरेको निर्णय दृढताका साथ कार्यान्वयन गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए । रावलले दक्षिण कोरियामा रहेका नेपालीको संख्या ठूलो भएको हुँदा त्यसतर्फ पनि सरकारले ध्यान दिन आग्रह गरे ।

‘दक्षिण कोरियामा नेपालीको उपस्थिति ठूलो छ। चीनको बुहानबाट नेपाली ल्याएजसरी दक्षिण कोरियाबाट नेपाली ल्याउन सम्भव छ/छैन यस विषयमा पनि सरकारले ध्यान दिनका लागि ध्यानाकर्षण गराउँछु’, उनले भने । उनले भ्र,ष्टाचारको विषयमा नेकपाले कसैलाई बचाउ नगर्ने उल्लेख गर्दै भ्र,ष्टाचार प्रमाणित भए पार्टीले का,रबाही गर्ने दाबी गरे । भ्र,ष्टाचारबारे कुरा उठ्नेबित्तिकै नै,तिकताका आधारमा रा,जीनामा दिएर नेकपाका नेताले रा,जनीतिक इतिहासमै उल्लेखनीय काम गरेको रावलले बताए ।


Your Views
Related News