बैतडी, १४ फागुन । बैतडीकाे पाटन नगरपालिका राष्ट्रपति विद्यादेवी भण्डारीकाे स्वागतकाे लागि सार्वजनिक वि,दा दिने निर्णय गरेको छ । तीन दिने भ्रमणका लागि राष्ट्रपति भण्डारी आज (बुधबार) धनगढी जाँदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारीले आज मध्यान्ह १२ बजे साहित्य महोत्सवको उद्घाटन गर्नुहुने, दिउँसो २ बजे धनगढीमा रहेको शिवनगर खाने पानी आयोजनाको निरीक्षण गर्नुहुने कार्यक्रम रहेकाे छ ।

भाेलि १५ गते दार्चुला र बैतडी जाने कार्यक्रम रहेकाे छ । यसै अवसरमा पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बि,दा दिने निर्णय गरेको हो ।

नगर प्रवक्ता लोकबहादुर भण्डारीका अनुसार राष्ट्रपति भण्डारीको स्वागतमा नगरपालिकाले सार्वजनिक बि,दा दिने निर्णय गरेको हो।

राष्ट्रपति भण्डारीले बिहीवार बैतडीस्थित त्रिपुरासुन्दरी भगवती दर्शन गर्ने कार्यक्रम रहेको छ भने पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उदघाटन गर्ने कार्यक्रम रहेको छ।

यस्तै, राष्ट्रपतिलाई बैतडीमा नागरिक अभिनन्दन र स्वागत गर्ने कार्यक्रम समेत तय गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।


Your Views
Related News