कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको वहाब १० वर्षपछिकै सबैभन्दा धेरै प्रति सेकेन्ड ३ लाख ७१ हजार १ सय १० क्यूसेक पुगेपछि सबै ढोका खोलिएको हो । तर ढोका पुरै भने कुनै पनि खोलिएको छैन ।

एउटा ढोका २२ फिटसम्म खोल्न मिले पनि एक फिट देखि १५ फिटसम्म मात्र खोल्ने गरेको पाइएको छ । पुलको सबै ढोकाबाट ९ लाख क्यूसेक पानी जाने क्षमता छ । तर सबै ढोका खोलिए पनि पूर्ण रुपमा नखोल्दा कोशी ब्यारेजको उत्तरी क्षेत्रमा पानी सञ्चय भएर बस्दा सुनसरी, सप्तरी र उदयपुरलाई क्षती गर्दै आएको स्थानीयले गुनासो गरेका छन् ।

अहिले पानी पर्न कम भएसँगै कोशीमा पानीको बहाव घट्दै गएको छ ।


Your Views
Related News