१५ फागुन । ३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस सं,क्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् ।चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अ,स्पतालबाट घर फर्किएका छन् ।

चिनिय राष्ट्रिय स्वास्थ्य आयोगको दैनिक रि,पाेर्ट अनुसार हिजाे (बुधबार) मात्रै २ हजार ७ सय ५० जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् ।हालसम्म कोरोना भा,इरसका कारण मृ,त्यु हुनेको संख्या दुई हजार ७ सय ४४ पुगेको छ । ७८ हजार ४ सयभन्दा बढि कोरोना भा,इरस स,ङ्क्रमित रहेको बताइएको छ ।

चीनभन्दा बाहिर पनि ५१ जनाकाे मृ,त्यु भइसकेकाे छ ।चीनसहित २० देशमा यो भा,इरसको सं,केत देखिएका छन् । चीनपछि धैरै कोरोना भा,इरस सं,क्रमण हुने मुलुक दक्षिण कोरिया रहेकाे छ । अहिलेसम्म दक्षिण कोरियामा १३ जनाको मृ,त्यु भएको छ भने ८ सय ९३ जनामा सं,क्रमण भएको पुष्टी भएको छ ।

त्यस्तै काेराेना भाइरसबाट इटालीमा १२, जापानमा सात, फ्रान्स र हङकङमा दुई-दुई तथा ताइवान र फिलिपिन्समा एक-एक जनाको ज्यान गएको छ ।विश्वमै तीव्र रूपमा याे भा,इरस फैलिरहेकाे बेला चीनकै डाक्टरले काेराेना वि,रुद्धको ‘भ्याक्सिन’ समेत विकास गरिसका छन् । ग्लोबल टाइम्सका अनुसार थियान चीन विश्वविद्यालयका प्रोफेसर ह्वान चिनहाइको नेतृत्वमा रहेको एक टोलीले सो भ्याक्सिन विकास गरिसकेका छन् ।


Your Views
Related News