काठमाडौं । बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन पार्टी सचिवालयको नि,र्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अ,डानसँगै उ,त्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वि,वाद तत्कालका लागि मिल्ने देखिएको छ ।अब उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् भने डा. युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै हुनेछन् ।१० फागुनमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा गौतमलाई पठाउने निर्णय गर्‍यो ।

यो नि,र्णय गरेको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी थिए र गौतमबारे सर्वसम्मत निर्णय भएको थियो ।तर बैठकको अ,न्त्यमा आफूवि,रुद्धको खेल भन्दै सबै परिस्थितिको सामना गर्ने बताएका प्रधानन्त्री ओलीले केही घन्टापछि व,रिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर नि,र्णय कार्यान्वयन गर्न नसक्ने बताए । जवाफमा अर्को पक्षले नि,र्णायक कदम चाल्ने चे,तावनी दिएपछि वि,वाद उत्कर्षमा पुगेको थियो ।खतिवडालाई लैजान चाहने र गौतमको नाम सिफारिस गर्ने पार्टी नि,र्णयको द,बावमा परेका प्रधानमन्त्री ओलीलाई नेताहरुले मध्यमार्गी निकास सुझाएका छन् ।

महासचिव विष्णु पौडेल लगायतका नेताले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यन्वयन गरेर पनि खतिवडालाई निरन्तरता दिन सकिने उपाय सुझाएका हुन् ।स्रोतका अनुसार सचिवालयको नि,र्णय विपरित राष्ट्रियसभामा खतिवडालाई नै सिफारिस गर्ने अ,डानमा रहेका ओली केही म,त्थर भएको बताइन्छ । त्यही का,रण बिहीबार नियमित मन्त्रिपरिषद बैठक बसेन भने शुक्रबार पनि बस्ने योजना छैन ।


Your Views
Related News