एजेन्सी । चीनपछि दक्षिण कोरिया र इरानमा कोरोना भा,इरसको सं,क्रमण उच्च देखिएको छ । इरानकी उपराष्ट्रपति मासुमेह एब्तेकार कोरोनाभाइरस सं,क्रमणको परेकी छन् । यसअघि इरानका उपस्वास्थ्यमन्त्रीमा कोरोना भाइरसको सं,क्रमण भेटिएको थियो । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री इरज हरिर्ची सरकार प्रवक्ता अलि रबिइसँगै उपस्थित थिए । सम्मेलनमै हरिर्चीले पटक–पटक खोक्ने, पसिना पुछ्ने गरिरहेका थिए ।कोरोना भाइरसको ल,क्षण देखिएपछि उनलाई परीक्षणका लागि अ,स्पताल लगिएको थियो ।

भाइरसको सं,क्रमण देखिएपछि उनलाई आइसोलेसन वार्डमा राखेर उ,पचार भइरहेको प्रवक्ता रबिइले बताएका छन् ।हालसम्म इरानमा मात्र कोरोनाका का,रण २६ जनाको मृ,त्यु भएको पुष्टि भइसकेको छ । सं,क्रमण बढ्दै गएपछि इरानका राष्ट्रपति हसन रुहानीले भाइरसमाथि नियन्त्रण पाउन अझै दुई–तीन हप्ता लाग्न सक्ने बताएका छन् ।इरानकी उपराष्ट्रपति एब्तेकारमा सं,क्रमण भेटिएसँगै पश्चिम एसियाका देशहरुमा कोरोनाको सं,क्रमण पुष्टि भएकाको संख्या २४५ पुगेको छ ।


Your Views
Related News