‘देश बनाउन हिँडेको हो, धन कमाउन होइन’ :-प्रधानमन्त्री ओली

काठमाडौँ, १५ फागुन । प्रधानमन्त्री ओलीले आफु धन कमाउन नभई देश बनाउन हिँडेको स्पष्ट पार्नुभएको छ ।पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोही पनि एकैचोटी धनी हुन नसक्ने भन्दै बताउँदै तीव्र विकासको बाटोमा लागेका १० देशभित्र नेपाल तेस्रो देशमा पर्न सफल भएकोमा गर्व गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म देश बनाउन हिँडेको हो, धन कमाउन होइन । म मरे पनि पछिल्ला पुस्ताले मेरो आदर्श बोकेर हिँडुन् भन्ने हो । त्यसैले म भन्ने गर्छु म आफु पनि भ्र,ष्टाचार गर्दिन अरुलाई पनि गर्न दिन्न् ।’

विकास र स,म्मृद्धिका काम गरिरहेको भन्दै दुई वर्षमा ३ हजार किलोमिटर सडक कालोपत्रे गरेको र त्यो इतिहासमै धेरै काम भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सा,क्षरता दर बढाएको र सडक मानवमुक्त बनाएको भन्दै यस्ता स,कारात्मक कामलाई ओझेलमा पार्ने प्रयास गरिएको बताउनुभयो ।

नेकपा र सरकार दुवै सही नीति लिएर अघि बढेको भन्दै ओलीले देश चलाउन विचारमा दृ,ढता चाहिने जनाउँदै उहाँले भन्नुभयो, ‘पार्टीका बैचारिक नीति सही छन्, सं,गठन सु,दृढ र ग,तिशिल छन् । तर केही क,मजोरी पनि छन् । त्यो क,मजोरी भनेको पार्टीका सञ्चारमाध्यम छैनन्, पार्टी कमिटीका नेताहरुका सञ्चारमाध्यम छन् तर लेख्ने वेला पार्टी र सरकारकै वि,रोध गर्छन् ।’


Your Views
Related News