‘तपाईंलाई अ,सहयोग गर्ने भनेको छैन । तर, स,हयोग पनि के नाममा गर्ने ? कुन कुरा हेरेर, योचाहिँ राम्रो गर्नुभयो भनेर स,हयोग गर्ने ?’ यो सं,वाद हो, गत बुधबार साँझ ४ बजेर २० मीनेट जाँदा, बालुवाटारको । पौने ३ बजेतिरै सचिवालयको बैठक सकिएर सबै हिँ,डिसकेका थिए । प्र,वक्ता नारायणकाजी श्रेष्ठले भएभरका सञ्चारमाध्यम अघिल्तिर उभिएर नि,र्णयबारे जानकारी दिनुभएलगत्तै अध्यक्षबाटै फरक धा,रणा आयो । को,टेश्वर नपुग्दै माधव नेपाललाई फोन गयो । ‘एकदमै जरुरी छ, तपाईं फर्किनुपर्ने भयो क,मरेड’, भनिएपछि उहाँ फेरि बालुवाटार पुग्नुभयो ।

प्रधानमन्त्रीको एउटै आ,ग्रह थियो, ‘मलाई स,हयोग गर्नुप¥यो †’ माधवले सोध्नुभयो, ‘किन ?’ प्रमले भन्नुभयो, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो¥याउने भनेर बचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनुप¥यो ।’ तर, माधवले मान्नुभएन । भन्नुभयो, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बा,ध्यता यो छ ।

राष्ट्रपति र युवराजलाई बचन दिइसकेको छु भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के स,मस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीनजना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त † प्रधानमन्त्रीले पार्टी ने,तृत्व, व्यक्ति–व्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ, यसक्रममा बा,ध्यता अनेक आइलाग्छन् भन्ने कुरा त हिजो हामीले भोगेर, फेस गरेर आएको हो नि ! त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’ प्रमले भन्नुभयो, ‘तर, यो नि,र्णय म का,र्यान्वयन गर्न सक्दिनँ †’ माधवले आश्चर्य मान्दै भन्नुभयो, ‘नि,र्णय भइसकेपछि मान्दिन भन्न पाइँदैन ।

तपाईं विश्वस्त हुनुुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’ उहाँले सुनाउनुभयो, ‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए ? कता–कताबाट, कस्ता–कस्ता चलखेल भए ? मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिन । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आ,त्तिनुहुन्छ ?’

यति भन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोहो¥याउनुभयो, ‘मलाई सहयोग गर्नुप¥यो †’ यसपछि माधव अलिक आ,क्रामक भएर पेश हुनुुभयो । ‘तपाईंलाई के नाममा स,हयोग गर्ने ? यस्तो कुरा गरेपछि कसरी सहयोग गर्ने ? अघि बैठकमा केही नभन्ने, अहिले मान्दिनँ भन्ने †’ माधवले सुनाउनुभयो, ‘वामदेवलाई संविधान सं,शोधनको जि,द्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ ।

यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नु भएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ । त्यसैले यस्तो नचाहिँदो कुरामा तपाईंलाई सहयोग हुँदैन । चाहिँदो कुरा गर्नुस्, कहिल्यै असहयोग हुँदैन ।’


Your Views
Related News