काठमाडौं , आउँदो चैत ६ गतेबाट देशभरीका विद्यालय बन्द हुने भएको छ । कोरोना भाइरस विश्वव्यापी फैलिएपछि सुरक्षात्मक उपाय अपनाउँदै सरकारले यस्तो निर्णय गरेको हो । यद्यपि, सरकारले विद्यालय ब,न्द भनेको चाहिँ छैन । चैत ५ गतेभित्र वार्षिक परीक्षा सक्नु भनेको छ ।

शिक्षा मन्त्रालयले एक सूचना जारी गरी चैत ५ भित्र वार्षिक कक्षा एकदेखि नौ सम्मका वार्षिक परीक्षा सक्नु भनेको हो । वार्षिक परीक्षा सकिएपछि स्वत विद्यालय ब,न्द गरिन्छ ।कक्षा १० का विद्यार्थीले दिने एसइई परीक्षा चैतमा छ ।

कोरोना अर्थात् कोभिड–१९ भा,इरस विश्वको ६५ भन्दा धेरै देशमा फैलिइसकेको छ । तथापि नेपालमा भने कोरोना देखिएको छैन । कोरोना देखा नपरे पनि विश्वका विभिन्न देशमा फैलिएको हुनाले नेपालमा पनि देखा पर्ने सम्भावनालाई दृष्टिगत गरी सरकारले विभिन्न सु,रक्षात्मक उपायहरु अपनाइरहेको छ ।

यही क्रममा विद्यालय ब,न्द गर्न सरकारले तत्काल वार्षिक परीक्षा गर्न भनेको हो । मन्त्रालयले विद्यालयहरुलाई अभिभावक दिवस, वार्षिकोत्सव तथा अन्य किसिमका भेला हुने कुनै पनि कार्यक्रम नगर्न पनि आव्हान गरेको छ ।


Your Views
Related News