काठमाडौं । सामान्य कामदार मात्रै लैजाने गरेको कतारले पहिलोपटक एक सय ७९ जना नेपालीलाई प्रहरी सेवामा भर्ती गरेको छ ।

उनीहरुको चार महिने प्रहरी तालिम सकिएको छ ।
कतारमा नेपालीको संख्या बढ्दै गएकोले प्रहरी सेवामा पनि नेपालीलाई नै अवसर दिइएको हो ।

प्रहरी सेवामा नेपालीको उपस्थितिले नेपाली कामदारलाई सुरक्षा सेवा दिन थप प्रभावकारी हुने कतारले विश्वास लिएको छ । कतारमा अहिले झण्डै चार लाख नेपाली कामदार छन् ।

प्रहरी तालिमको समापनमा बोल्दै नेपाली दूतावासका उपप्रमुख लक्ष्मण खनालले इमानदारीको साथ कायस्थलमा आफ्नो दा?यित्व निर्वाह गर्न नेपालीलाई आग्रह गरे ।


Your Views
Related News