काठमाडौं । माओवादीको कथित जनयु,द्धको विषयमा समाज विभाजित छ । माओवादी समर्थकहरू कथित जनयु,द्धलाई उपलब्धिका रुपमा लिन्छन् ।

तर, बहुसंख्यक जनताले अहिले पनि जनयु,द्धलाई मन पराउँदैनन् । माओवादीकै कारण देशले विकास गर्न नसकेको तथा पचास वर्ष पछाडि धकेलिएको आ,रोप लगाउँदै आएका छन् ।

कथित जनयु,द्धलाई पूर्वएमालेले समेत पचाउन सकिरहेको छैन । पूर्वएमाले पृष्ठभूमि भएका नेताहरूले जनयु,द्धको वि,रोध गर्दै आइरहेका छन् ।

एमाले र माओवादीवीच पार्टी ए,कीकरण भएपनि कथित जनयु,द्ध दिवसका रुपमा माओवादीले मनाउने कार्यक्रममा एमाले पृष्ठभूमि भएका नेताहरू सहभागी हुने गरेका छैनन् ।

बिहीबार अर्थात फागुन १ गते नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कथित जनयु,द्ध दिवसको कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली सहभागी भएनन् ।

माओवादीको कथित जनयु,द्धको वि,रोधी रहेका ओली पार्टी एकीकरणपछि जनयु,द्धसम्बन्धी कुनैपनि कार्यक्रममा सहभागी भएका छैनन् । ओली मात्रै पूर्वएमालेका धेरै नेताहरू ती कार्यक्रममा सहभागी हुँदैनन् ।

०५२ साल फागुन १ गते मा नेकपा (माओवादी)ले कथित जनयु,द्धको घो,षणा गर्दा उसको केन्द्रीय समिति १९ सदस्यीय थियो । प्रचण्ड पार्टी महामन्त्री थिए ।

देशलाई कथित जनयु,द्धमा लगेर विकासमा तहन नहस गरी १७ हजार मान्छेको ज्यान लिने नि,र्णय गर्नेहरूको आ,लोचना हुने गरेको छ ।

कतिथ जनयु,द्धमा जाने नि,र्णय गर्नेहरूमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’, सिपी गजुरेल ‘गौरव’, पोष्टबहादुर बोगटी ‘दिवाकर’, देव गुरुङ ‘कान्छाबहादुर’, टोपबहादुर रायमाझी ‘अनिल’, हरिबोल गजुरेल ‘शीतलकुमार’, हरिभक्त कँडेल ‘प्रतीक’, अग्निप्रसाद सापकोटा ‘कञ्चन’, लोकेन्द्र विष्ट मगर ‘अभ्यास’, पम्फा भुसाल ‘विद्युत्’, मातृका यादव, दिनेश शर्मा ‘सागर’, यानप्रसाद गौतम ‘आलोक’, दण्डपानी न्यौपाने ‘दीपेन्द्र शर्मा’, नारायणप्रसाद शर्मा ‘कमलप्रसाद’ र फणिन्द्र आचार्य ‘अनल’ रहेका थिए ।


Your Views
Related News