काठमाडौं। नेपालका लागि चिनियाँ रा,जदूत होउ यान्छीले नेपालमा कोरोना भा,इरसको सं,क्रमण फै,लिन नदिन चीनले नेपालमा हुने नि,यमित उ,डानलाई घ,टाएको दा,बी गरेकी छन् । उनले समूहमा हुने भ्र,मण तथा चिनियाँ कामदारहरुको फिर्तालाई रोक लगाएको बताएकी छन्।

बिहीवार दूतावासमा नेपाल टेलिभिजन र रेडियो नेपालसँग दिएको अन्तर्वार्ताका क्रममा राजदूतले चीनमा रहेका नेपालीहरुको सुरक्षाका लागि चिनियाँ सरकारसँग काठमाडौं स्थित चिनियाँ दू,तावास निरन्तर सम्पर्कमा रहेको बताएकी छन्।
‘एउटा राम्रो आ,पतकालीन संयन्त्रले आवश्यक सामाग्री आपूर्ति र माहामारी रो,कथाम तथा नि,यन्त्रणको काम प्र,भावकारी हुनसक्छ,’ उनले भनिन्, ‘यस्तो संयुक्त राष्ट्रिय योजना सबै क्षेत्रको सं,लग्नतामा ज,वादेही तरिकाले हुनुपर्छ ।

सरकार, सामाजिक संघ संस्था र स,र्वसाधारण जनताले आफ्नो ठाउँबाट जि,म्मेवारी बहन गर्नुपर्दछ । खुला तथा पारदर्शी सूचनाले मानिसहरुको भावनालाई स्थिर राख्दै सरकारप्रतिको विश्वनीयता बढाउँछ। यसले न,करात्मक हल्लाहरुसँग ल,ड्न पनि स,हयोग पुर्‍याउँछ।’

महामारी रो,कथामका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले नेपालको संस्कृति पर्यटन तथा नागरिक उ,ड्यन मन्त्रालयसहित सरोकारवाला निकायसँग नियमित सम्पर्क गरिरहेको रा,जदूत होउले बताइन् । त्यस्तै काठमाडौंस्थित विश्व स्वास्थ्य संगठनका प्र,तिनिधिसँग पनि दू,तावास नि,रन्तर सम्पर्कमा रहेको उनले जानकारी दिइन्।

रा,जदूत यान्छीले नेपाल र नेपालीले चीनमा फैलिएको मा,हामारीबाट आ,क्रान्त चीन र चिनियाँ नागरिकहरु प्रति ऐ,क्यवद्धता र स,द्भाव प्रकट गरेको भन्दै आभार प्रकट गरिन् । ‘चिनियाँ जनताले यो सद्भाव र सहयोग भुल्ने छैनन् । नेपाल र नेपालीलाई आवश्यक पर्दा उनीहरुले यो स,हयोग चुक्ता गर्ने छन्,’ यान्छीले भनिन्।

विकसित देशहरुले वै,ज्ञानिक अ,नुसन्धानलाई अगाडि बढाउँदै विकासशील देशहरुलाई स,हयोग प्र,दान गर्नुपर्ने उनको भनाइ थियो । उनले चीनलाई अहिलेको अवस्थामा ६० बढी देश तथा ७ वट अन्तर्राष्ट्रिय संगठनहरुले सहयोग गरेको र चीनले पनि पाकिस्तान, जापान, दक्षिण कोरिया, इरान जस्ता प्रभावित देशहरुलाई सहयोग प्रदान गरेको बताइन् ।


Your Views
Related News