काठमान्डौ, सरकारले होलीमा विगतका वर्षमा जस्तै भी’डभाड र भेला हुने काम नगर्न अपिल गरेको छ। होलीमा लोलापानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जो’खिमपूर्ण हुने हुँदा यस्तो कार्य नगर्न नगराउन गृह मन्त्रालयले आ’ग्रह गरेको छ। बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको सक्रमण र यो सं’क्रमणबाट नेपाल समेत उच्च जो’खिममा रहेकाले बिगतमा जस्तै होलीमा भी’डभाड र भेला’ हुने काम नगर्न गृहले बिज्ञप्ती मार्फत अपिल गरेको छ। कोरोना भाइरसलाई लिएर अनावश्यक रुपमा बस्तु तथा सेवाहरु भ’ण्डारण न’गर्न नगराउन समेत गृहले आग्रह गरेको छ।

बिश्व स्वास्थ्य संगठनले समेत भि’डभाड र भेला हुने काम नगर्न आग्रह गरेको सन्दर्भमा आउंदै गरेको होलि बिगतको जस्तै शैलीमा न’मानाउँन गृहले आग्रह गरेको हो। त्यस्तै सार्वजनिक सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सत्य र तथ्यपरक सूचनामात्र प्रवाह गरि जनमानसमा त्रा’सदीपूर्ण अवस्था सिर्जना हुन नदिन अपिल गएको छ।


Your Views
Related News