काठमाडौं। चीन सरकारले नेपाल कोरोना भाइरसबाट मुक्त रहेको हेर्न चाहेको बताएको छ। रेडियो नेपालको एक अन्तर्वार्तामा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपालमा कोरोना भाइरस सं,क्रमितको संख्या शून्य रहेमा आफू आशावादी रहेको बताएकी छिन्। कोरोना भाइरसको सं,क्रमणको नियन्त्रण र रो,कथाममा जनताले सर्वप्रथम सरकारमाथि विश्वास गर्नुपर्ने बताउँदै यान्छीले नेपाल सरकारले सं,क्रमणबाट जोगिन धेरै महत्वपूर्ण कदम चालिरहेको बताइन्। राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको नि,यन्त्रण र रोकथामका लागि जस्तोसुकै म,द्दत गर्न चिनियाँ सरकार रहेको बताइन्।
आर्थिक वृद्धिभन्दा जनताले स्वास्थ्यलाई चिनियाँ सरकारले सधैं प्राथमिकता दिएको भन्दै राजदूत यान्छीले नेपाल सरकारले पनि समृद्ध नेपाली सुखी नेपालीको अभियानलाई यथावत राखेर भए पनि जनस्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने बताइन्। नेपाल सरकारले विश्वमा फैलिएको महामारी आउन नदिन पूर्वसचेतना अपनाएकोमा उनले खुसी व्यक्त गरिन्। उनले चीनले ५० हजार कोरोना सं,क्रमितलाई उ,पचार गरेर घर पठाइसकेकोसमेत जानकारी दिइन्। हालसम्म चीनमा कोरोना भा,इरसबाट ३२०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
कोरोनाको सबैभन्दा उच्च चपेटामा पनि अहिले चीन नै परिरहेको छ। यान्छीले चीनले कोरोना भाइरस नि,यन्त्रणमा छिट्टै सफलता प्राप्त गर्ने पनि बताइन्। यसअघि चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले राष्ट्रियसभा गृहमा ‘हामी साथमा छौं’ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा भूमीसुधारमन्त्री पद्मा अर्याल, नेपालका लागि चीनका राजदूत होउ यान्छी, नेपाली कांग्रेसकी ने,तृ सुजाता कोइराला, नेकपाका नेताहरु आनन्द पोखरेल, यज्ञराज सुनुवारलगायत सहभागी थिए।
कार्यक्रम आयोजक ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरका अध्यक्ष डा. कल्याणराज शर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भनेका थिए, ‘उत्तरी छिमेकी मुलुक चीनसँग नेपालको सदियौं पुरानो आत्मीय सम्बन्ध छ। चीनको यो पीडामा हामी नेपालीहरु साथ र सहयोग गर्न तत्पर छौं भनेर सन्देश दिन खोजेका हौं।’ पाठशाला नेपालका विद्यार्थीहरुले नेपाली र चिनियाँ दुवै भाषामा गीत गाएर चीनको दुःखमा साथ दिन नेपालीहरु तयार रहेको बताउँदा दर्शकमात्र होइन, अतिथिहरु पनि भावुक बनेका थिए। मन्तव्यलाई बीचमै रोक्दै चिनियाँ राजदूत यान्छी पोडियम छोडेर मञ्चको बीच भागमा उभिइरहेकी थिइन् धेरै बेर दुई हात जोडेर।
केहीबेर सम्हालिएपछि पुनः पोडियममा आएर चिनियाँ भाषामा उनले आफ्नो मन्तव्य राखिन्। मन्त्वयको क्रममा उनले कोरोना भाइरसबाट लड्न चीनले गरिरहेको प्रयासबारे चर्चा गर्दै यो लडाइँमा नेपालले गरेको सहयोगको सह्राना गरेकी थिइन्।नेपाल र चीन सुख, दुःखका साथी हुन्। कोरोना भाइरसबाट पीडामा परेको बेला प्रोटेक्टिभ मास्क सहयोग गरेर होस् नेपालले पनि चीनलाई सहयोग गरेकै छ। विश्व महारथी चीनले गरेको सहयोगको तु,लनामा नेपालको स,हयोग सानै होला। तर यो सहयोगले चीन दुःखमा परेको बेला नेपालले आँसु पुछेर भए पनि सहयोग गर्छ भन्ने सन्देश प्रवाह गरेको छ’ उनले भनेकी थिइन्।