काठमाडौं। चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन्। यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी।
तपाइले अहिलेसम्म कहिलै हलो जोत्नुभाको छ, कि छैन ?
जोत्या छैन ।

जस्तो कृषिसंग सम्बन्धीत कुराहरु केहि गर्नु भएको छ ?

कुटो खन्या छु कोदाली खन्या छु, गार्डेमा चाही अहिले नि म काम गछु । सानो बेलामा त कोदाली नि खन्थे, अब अहिले त जग्गा नै छैन । काठमाडाँैमा कोदाली खन्ने हैन, गाँँउघरतिर खन्ने । मेरो चै पनौति भन्दा माथि शंखू भन्ने ठाँउ हो, हैन त्याँको चै म कृषककै छोरा हु । मेरो बाउ आमा कृषकनै हुनुन्थ्यो पहिले, अनि मेरो त्या अझैपनि जग्गा जमिन छ, तर मेरो सबै काम कठमाडौँमै सेन्ट्रलाइज भएकोले आफु गएर गर्न भ्याउदिन । आफन्तहरुलाई हेरीदेउ भनेर छोडदिराछु ।


Your Views
Related News