­यूएईमा २ नेपालीलाई कोरोना भाइरसको सं,क्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जना कोरोना भाइरसबाट सं,क्रमित नयाँ बिरामीहरु फेला परेका हुन् ।

योसहित यूएईमा कोरोना सं,क्रमितहरुको संख्या ५९ जना पुगेको छ । सोमबार भेटिएका नयाँ सं,क्रमितहरुमा ४ जना यूएईका नागरिक, ३ जना इटालियन, २ जना नेपाली, २ जना बंगलादेशी, १ जना रसियन, १ जना भारतीय र १ जना सिरियाली रहेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भा,इरसको सं,क्रमण अहिले विश्वका १ सय ७ भन्दा बढी मुलुकहरुमा फैलिसकेको छ भने ३ हजार ८ सय ८३ जनाको मृ,त्यु भैसकेको छ । विश्वभर १ लाख ११ हजार ४ सय ८९ जना सो भा,इरसबाट सं,क्रमित भएका छन् ।

भिडियो हेर्नुहोस्…


Your Views
Related News