काठमाडौं। रसुवामा नि,र्माणाधीन र नि,र्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्र,वाहका लागि नि,र्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्र,सारण लाइनको कामलाई तिव्रता दिने सहमति भएको छ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु ह,रराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा श्रमिक थपेर छिटो काम सक्ने सहमति भएको हो।प्राधिकरणको टोलीले नुवाकोटको किस्पाङ—५ पहिरेबेसीमा नि,र्माणाधीन त्रिसूली ३ बी हब सबस्टेसन, कार्यालयमा नि,र्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीसँग छलफल गरेको थियो।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत कम्पनीको अ,गुवाइमा नि,र्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् खेर जाने अवस्था आउन लागेपछि कार्यकारी निर्देशक घिसिङसहितको टोली प्र,सारण लाइन नि,र्माणको स्थलगत निरीक्षणमा गएको थियो। आगामी असारसम्ममा नि,र्माण सम्पन्न गर्ने लक्ष्य राखिएका तीन जलविद्युत आयोजनाहरुको विद्युत् यही प्र,सारण लाइनमा जोडिने छ।सहमतिअनुसार, ठेकेदार कम्पनीले फागुनभित्रमा प्र,सारण लाइनका लागि ४ सय, चिलिमेका लागि १ सय ३० र त्रिसूली ३ बी हब सवस्टेसन नि,र्माणका लागि २ सय ५० श्रमिक परिचालन गर्नेछ।

यसैगरी ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्र,वाहको स,मस्या समाधानका लागि पेश भएका विलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुं,ग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्ने सहमति पनि भएको छ। चिनियाँ ठेकेदार कम्पनी पि,ङगाओ ग्रुप अफ कम्पनीजको क,मजोर कार्यसम्पादनका का,रण आयोजनाको नि,र्माण ढि,लाइ भइरहेको छ।कार्यकारी निर्देशक घिसिङले यो प्र,सारण लाइन अत्यन्तै संवेदनशील भएकाले नि,र्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने बताए। ‘तीन वटा जलविद्युत आयोजना नि,र्माणको अन्तिम च,रणमा छन्, अहिलको गतिमा प्र,सारण लाइन र सबस्टेसनको नि,र्माण सक्नै धेरै समय लाग्छ, यो या त्यो बहाना बनाएर नि,र्माणमा ढि,लाइ गर्ने छुट कसैलाई छैन, त्यसैले नि,र्माणलाई तिब्रता दिनुहोस् हैन भने हामी नसक्ने भयौं भन्दै हात उ,ठाएर हिंड्नुहोस्,’ उनले भने।

नगद प्र,वाहको स,मस्या समाधान गर्न, साइटमा हुने अ,वरोध हटाउन सक्दो सहयोग गर्ने प्र,तिवद्धता समेत उनले गरे। ठेकेदार कम्पनीले २७ किलोमिटर प्र,सारण लाइनसँगै चिलिमे र त्रिसूली ३ बी हब सबस्टेसनको पनि नि,र्माणको जिम्मा पाएको छ।हालसम्म प्र,सारण लाइनमा पर्ने ७८ वटा टावरमध्ये ८ वटाको जग हालिएको छ, ४० वटा जग हाल्न खनिएको छ भने बाँकीको जग हाल्न खन्ने काम भइरहेको र टावर तथा कन्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भ बिक्रम शाहले जानकारी दिए।

ठेक्का सम्झौताअनुसार, प्र,सारण लाइनको आगामी फागुनको दोस्रो साता भित्र नि,र्माण सम्पन्न हुनु पर्ने थियो। अहिले ठेकेदार कम्पनीले आगामी भदौसम्म म्याद थपको माग गरेको छ। परामर्शदाताले भने असारसम्म मात्रै म्याद थप्न सिफारिस गरेको छ।त्रिशूली नदी बेसिनमा नि,र्माणाधीन र निर्माण हुने करिब ६ सय मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न प्र,सारण लाइन र सबस्टेसनको नि,र्माण गर्न लागिएको हो। आयोजनामा नेपाल सरकार तथा प्राधिकरणको लगानी एवं जर्मन विकास बैक, युरोपेली लगानी बैकको सहुलितपूर्ण ऋ,ण रहेको छ।


Your Views
Related News