काठमाडौँ, फागुन २७-

जलविद्युत् र प्र,सारण लाइन आयोजनाको काममा सो,चेजति प्र,गति हुन नसकेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी नि,र्देशक कुलमान घिसिङले पछिल्ला दिनमा आयोजनामा दौडाहा शुरु गरेका छन् ।

गत शनिबार त्रिशूली करिडोरका आयोजनाको अवस्था हेरेर स,मस्या समाधानको पहल लिनुभएका घिसिङले अघिल्लो साता माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गति र मतिको बारेमा जानकारी लिए । सोमबार घिसिङ फागुपूर्णिमाको बिदाको दिन अर्को महत्वपूर्ण आयोजनाको स्थलगत निरीक्षणका लागि कालीगण्डकी करिडोर पुगे ।

सो करिडोरको २२० केभी प्र,सारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने तयारी भइरहेको सन्दर्भमा उहाँ आयोजनास्थल पुग्नुभएको हो । कूल ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्र,सारण लाइन तथा दाना र कुश्मास्थित खुर्कोटमा २२०÷१३२ केभी सवस्टेसन नि,र्माणको काम अन्तिम च,रणमा पुगेको छ ।

प्र,सारण लाइन र सवस्टेसन आगामी वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दाना–कुश्मा खण्डमा पर्ने १० टावरमध्ये दुई मात्रै खडा गर्न बाँकी छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयवासीको अ,वरोधले दुई टावर खडा गर्न रोकिएको काम सहमति जुटेपछि धमाधम भइरहेको प्राधिकरणले जनाएको छ । पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब दुई किलोमिटर मात्रै तार टाँग्न बाँकी छ । दुवै सवस्टेसनमा उपकरण जडान भइसकेका छन् ।

सोही प्र,सारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा नि,र्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ । नि,र्माणको अन्तिम च,रणमा रहेको आयोजनाको विद्युत् दाना सवस्टेसनमा जोडिने छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालसहितको टोलीले सोमबार प्र,सारण लाइन, सवस्टेसन र जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी नि,र्माण प्रगतिको जानकारी लिएको प्रा,धिकरणले जनाएको छ ।

टोलीले प्र,सारण लाइन नि,र्माणमा पोखरीबगर र कुश्मामा हुनसक्ने सम्भावित अ,वरोध हटाउन आवश्यक व्यवस्था गरिदिन म्याग्दी र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई अ,नुरोधसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय महत्वको आयोजनाको टावर रहने जग्गाको मुआब्जा, लाइनको दायाँबायाँको क्षतिपूर्ति नि,र्धारण र नि,र्माण सम्पन्न गर्न आवश्यक परेमा सुरक्षा व्यवस्था उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

टोलीले निर्माणमा खटिएका आयोजना व्यवस्थापन र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट लिमिटेड, भारतसँग छलफल गरी नि,र्माणमा देखिएका स,मस्याका बारेमा छलफल गरेको छ । यस्तै, सवस्टेसन तथा लाइन चार्ज गर्ने मितिलगायतका विषयमा छलफल गरी वैशाखभित्रमा काम सक्न निर्देशन दिएको हो । “प्र,सारण लाइन र सवस्टेसन तत्काल चार्ज गर्न सकेनौं भने मिस्त्री खोलाको विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था छ, त्यस्तो अवस्था आउन नदिन सबै पक्ष ग,म्भीर र जिम्मेवार भएर बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छौँ”, घिसिङले भने ।

जतिसक्दो काम छिटो सम्पन्न गर्नुपर्ने र विद्युत् खेर फालेर हर्जना तिर्नुपर्ने अवस्था आएमा यसको मूल्य ठेकेदार कम्पनीले तिर्नुपर्ने घिसिङको भनाइ छ । “केही ठाउँमा निर्माणमा भइरहेको अ,वरोध हटाएर काम गर्न साइट उपलब्ध उराउँछौं, ठेकेदार कम्पनी निर्माणमा ग,म्भीर भएर लाग्नुपर्छ”, घिसिङले भने । ठेकेदार कम्पनीले वैशाखभित्रमा लाइन तथा सवस्टेसन चार्ज गर्ने प्रतिबद्धता जनाएको छ ।

मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् गृहमा केही उ,पकरणको जडान, संरचना र उ,पकरणको ड्राइ तथा वेट टेष्ट बाँकी नै रहेकाले अझै विद्युत् उत्पादन गर्न कम्तीमा पनि दुई महिना लाग्ने छ । उनले उक्तः समयसम्म प्र,सारण लाइन र सवस्टेसन सञ्चालनमा आइसक्ने बताए । अब प्र,सारण लाइन पूर्वाधार तयार भइसकेकाले त्यहाँ विद्युत् जडान गर्ने गरी विद्युत् खरिद बिक्री सम्झौता गरेका आयोजनाहरुले पनि नि,र्माण तत्काल शुरु गर्नुपर्नेछ ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋ,णमा कालीगण्डकी करिडोर प्र,सारण लाइनको नि,र्माण शुरु गरिएको हो । करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सवस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण जारी छ ।


Your Views
Related News