काठमाडौं। विश्वकप २०१९ को उपाधि त इङल्याण्डले जित्यो तर यसका विषयमा उत्पन्न विवाद भने बढ्दै गएको छ । अन्तिम ओभरको चौथो बलमा ओभरथे बाउण्ड्रीबाहिर गएपछि अम्पायर कुमार धर्मसेनाले ६ रन दिएका थिए । तर, आइसीसीका सर्वश्रेष्ठ अम्पायर रहिसकेका साइमन टफेलले धर्मसेनाबाट गल्ती भएको बताएका छन् ।

टफेलले त्यहाँ ६ रन नभइ ५ रन मात्र हुनुपर्ने बताए । न्यूजिल्याण्डको अखबार द एससँग कुरा गर्दै टफेलले नियमका हिसाबले हेर्दा त्यहाँ अम्पायरबाट गल्ती भएको बताए । अम्पायरले जहाँ ६ रन दिएत्यहाँ ५ रन मात्र दिनुपर्ने थियो । साइमनका अनुसार त्यतिबेला निकै नाजुक मोड थियो । अम्पायरको नजर ब्याट्सम्यान कहाँ दौठिरहेको छ भन्नेमा भन्दा पनि बल कहाँ छ भन्नेमा थियो । पछि टिभी रिप्लेमा मात्र ब्याट्सम्यान कहाँ दौडिरहेका छन् भन्ने देखियो ।

साइमन टफेल संसारका सबैभन्दा ठूला अम्पायरमध्येमा पर्छन् । अहिले भने उनी अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरिङ गर्दैनन् चर आइसीसीको क्रिकेटको नियम बनाउने समितिमा टफेल छन् । साइमन टफेललाई ५ पटक आइसीसी वर्ष अम्पायरको उपाधि दिइसकिएको छ ।


Your Views
Related News