एजेन्सी / कोरोना भा,इरसको प्र,कोप फैलिएको बेला नेपाल सरकारले सर्जिकल मास्क पठाएर गरेको सहयोगलाई कहिल्यै नबिर्सिने चीनले जनाएको छ। प्र,कोपबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग फोनवार्ता गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले सो कुरा बताएका हुन्।
फोनवार्ताबारे जानकारी दिँदै विदेश मन्त्रालयका प्रवक्ता लिजियन झाओले सो जानकारी दिएका हुन्। सो स,हयोगले चीन र नेपालको पारम्परिक मित्रतालाई पूर्ण रुपमा प्रतिबिम्बित गरेको पनि वाङले बताएका छन्। फोनवार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल सधैँ छिमेकी मित्र चीनको साथमा रहेको बताएको प्रवक्ता झाओले जनाएका छन्।
त्यसैगारी बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजले आफूमा कोरोना भा’इरस (कोभिड–१९) को स’ङ्क्रमण देखिएको बताएकी छिन् । डोरीज, को’रोना भा’इरसबाट स’ङ्क्रमित हुने पहिलो संसद् सदस्य हुन् । आफूमा को’रोनाको स’ङ्क्रमण देखिएपछि स्वास्थ्यमा ध्यान दिएको र घरमै आइसोलेशनमा जसरी बसेको बताएकी छिन् । कोरोनाका कारण बेलायतमा ६ जनाको ज्या’न गएपछि स्वास्थ्य मन्त्री डोरीजलाई स’ङ्क्रमण देखिएको हो । योसँगै बेलायतमा कोरोना स’ङ्क्रमितको सङ्ख्या तीन सय ८२ पुगेको छ ।
बेलायतमा कोरोनाका कारण छैटौँ व्यक्तिका रुपमा एक जना ८० वर्षीय पुरुषको ज्या’न गएको हो । स्वास्थ्य मन्त्रीले आफूलाई आफ्नो भन्दा पनि आफूसँगै रहेकी ८४ वर्षीया आमाको स्वास्थ्यलाई लिएर चि’न्तित भएको बताएकी छिन् । मङ्गलबारदेखि आमालाई पनि रुघाखोकी लाग्न थालेको उनले बताइन् ।