काठमाडौं, ३० असार । साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा नयाँ ब्यबस्था लागु हुने भएको छ
सरकारले साउनदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको हो । तर सरकारको यस कदमले निजी क्षेत्र भने रुष्ट बनेको छ ।
प्यान अनिवार्य गर्दा आफूहरुको लागत बढ्ने नभई झन्झट बढेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाएको हो ।
कर्मचारीका लागि प्यान अनिवार्य सम्भव भए पनि मजदुरका लागि भने यो लागू गर्न सम्भव नरहेको निजी क्षेत्र बताउँछन् ।
पूर्वाधार निर्माण तथा उत्पादनमूलक उद्योगमा ठूलो संख्यामा भारतीय मजदुर कार्यरत रहेकाले प्यान अनिवार्य गर्न नसकिने उनीहरुको भनाई छ ।
नेपालमा झण्डै पाँच लाख भारतीय मजदुर रहेको अनुमान गरिएको छ ।