काठमाडौं– नेपाली भूमिमा गाडिएको सीमा पिलर नेपाली कांग्रेस र स्थानीयले तो,डफोड गरेका छन्। हालै नेपाल भारत संयुक्त संर्वे टोलीले नि,र्माण गरेको एक सहायक सीमा पिलर तो,डफोड गरिएको हो ।

शनिबार (नेपाल–भारत) कञ्चनपुरको बेलडाँडी गाउँपालिका ३ वैवाह क्षेत्रमा गाडिएको ७८३/४ नम्बर पिलर तो,डफोड गरिएको छ । नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरि बोहरा, पुर्व सांसदद्वय दिवान सिह विष्ट, बहादुर सिह थापा, हरेन्द्र सिहं बिष्ट, भोजराज बोेहरा, गोेपाल गुरुङ , जनक सिहं धामी , कृष्णाा गिरी, गोपी प्रसाद उपाध्याय , प्रकाश राज पन्त , सहितका कांग्रेस जिल्ला, क्षेत्र र स्थानीयले सीमा अ,नुगमन गरेका थिए।

अ,नुगमनका क्रममा कांग्रेस कार्यकर्ता र स्थानीयले भारतले सीमा मिच्न लागेको भन्दै उक्त सीमा पिलर तो,डफोड गरेको थिए । उनीहरुले ह,तौडा र ढुङ्गा प्र,हार गरेर सीमा पिलर तो,डफोड गरेका छन् । स्थानीयले सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै सरकारको बि,रोध गरेका थिए ।

सीमा स्तम्भ तो,डफोड गरिएपछि प्रतिकृया दिँदै पूर्वसांसद बिष्टले वर्तमान क,म्युनिष्ट सरकारले सीमा वि,वाद प्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताए।

उनले सीमाको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि सत्तारुढ दलका नेताकार्यकर्ताले सीमा सर्भे टोलीलाई काम गर्न अ,वरोध गर्ने र त्र,सित पार्ने काम गरेको आ,रोप पनि लगाए।

त्यस्तै,कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले पचासौँ वर्षदेखि नेपाली नागरिकले भोगचलन गर्दै आएको जमिन भारतमा पार्न खोजिएकोले यो सरकारको गै,र जिम्मेवारीपूर्ण काम भएको आ,रोप लगाए।

नेपालीको लालपुर्जाधारी जमिनमा सीमा पिलर गाडेर नेपाली भूमि ह,ड्प्न खोजेको भन्दै स्थानीयले बि,रोध गरेपछि सर्वेको काम रोकिएको थियो । साढे पाँच दशकदेखि बस्दै आएको उक्त बस्तीका स्थानीयको जमिन भारतमा पर्नपछि सीमा वि,वाद चुलिएको छ । उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खगौला ना,कातर्फ गएको छ ।


Your Views
Related News