काठमाडौं । नेपाल संवत ११३३ को अवसरमा तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) माथि थ,प्पड प्रहार गर्ने पदम कुवँर प,क्राउ परेका छन् । नयाँ बानेश्वरमा रहेको संसद भवनको गेटमा रहेको शौचालयमा अनुमतिबिना प्रवेश गरेको भन्दै उनलाई प्रहरीले प,क्राउ गरेको हो ।

बागलुङका पदम कुँवरलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । वृत वानेश्वरमा डीएसपी दुर्गाराज रेग्मीले शौचालय छिरेका पदमलाई शनिबार राति हिरासतमा राखिएको बताए ।

उनले भने, “संसद भवनको गेटमै शौचालय छ । उनी त्यहाँ गएका रहेछन् । त्यसपछि ल्याइएको हो । मैले छाड्न भनिसकेको छु ।”प्रहरी स्रोतका अनुसार पदम शनिबार संसद भवनभित्र पसेका थिए ।

अबेरसम्म उनी बाहिर ननिस्किएपछि प्रहरीले उनको बारेमो सो,ध खो,ज गरेको थियो । उनले नेताहरुले देश बिगारेको भन्दै संसद भवन पसेको प्रतिक्रिया दिएको प्रहरी स्रोतले बतायो ।


Your Views
Related News