जनजागरण चेतनशील युवा क्लबले “सम्पुर्ण युवा एक जुट हौ समृद्धि समाज निर्माण गरौं” भन्ने मुल नाराका साथ गायक तथा शब्द सर्जक मनिस लोप्चन प्रेसिडेन्टर कार्यक्रम संयुक्त रुपमा काभ्रे सेवा समाज युएई अध्यक्ष दिल लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

अतिथिगणहरु नेपाल सरकार प्रधानमन्त्री पुर्व सचीवलयकी उपसचीव मिना श्रेष्ठ ,त्रिशुली समाज युएई अध्यक्ष सम्पर बहादुर तामाङ ,उपाध्यक्ष शंकर तामाङ, कोषअध्यक्ष लोकेन्द्र तामाङ, प्रगतिशील कलाकार संघ युएई अध्यक्ष नबिन दोङ तामाङ, अन्तर्राष्ट्रिय मंगोल एकता MON केन्द्रिय युएई शाखा अध्यक्ष अमर धिमाल ,डिस्कभरी रोयल एल एल सि प्रबन्धक निर्देश ओम उप्रेती, तम्लेजुङ सेवा समाज युएई अध्यक्ष सोनि भण्डारी, सुन्सरी समाज युएई अध्यक्ष देविका आचार्य,

भोजपुर हातेमालो समाज युएई प्रतिनिधि दुबई प्रहरी कोच तथा समाजसेवि कारण बहादुर चन्द लगायत विभिन्न क्रियाशील संघ सस्था बाट प्रतिनिधिहरु दर्शकहरु उपस्थिति रहेको थियो।
स्वागत मन्तव्य आदिबासी जनजाति मिस २०१९ विजेता अञ्जली लोप्चन रखेकी थिइन भने स्वागत मन्तव्य राख्दै उपस्थित प्रखुख अतिथि विशेष अतिथिगण विभिन्न संघ सस्था प्रतिनिधिहरु मिडियाकर्मीहरु प्रायोजक साथै उपस्थिति दर्शक हरु सम्पुर्ण लाई स्वागत गर्दै प्रवाशी भएर पनि हामी एक जुट भएको महासुस भएको र सबैले गरेको अतुलनीय योगदान प्रती अभार छु भन्दै बिभिन्न तह तत्पर मा सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद दिएकी थिइन।

मन्तव्यकै क्रममा त्रिशुली समाज युएईका बर्तमान अध्यक्ष सम्पर बहदुर तामाङले हामी कतिन्जेल यो अरु को चाकरी गर्दे बस्ने अब हामीले प्रवास बाट केही न केही सीप सिकेर अफ्नो गाउँ ठाँउ नेपालमै कुनै व्यावसाय गर्नु पर्छ वहाँ ले -थपे। नेपालमा पनि केही गर्न सकिने वातावरण अबको सरकारले मिलाउनु पर्छ कृषि देखि उद्योग सम्मको । आगामी दिनहरुमा हाम्रो बालबच्चाले यसरी प्रवासीनु नपरोस् भन्दै जोड दिएका थिए।
मन्तव्य राख्ने क्रममा नेपाल सरकार प्रधानमन्त्री पुर्ब उपसचिव मिना श्रेष्ठले कोरोना भाइरस अहिले जताततै फैलिएको भेला आज हामी यो माहोलमा छौ कोरोना भाइरस देखी सबैजान सतर्क रहन सबै लाई सुझाव दिएकी थिइन।

उनी भन्छिन हप्ता मा एक दिनको विदा छुट्टी हुन्छ प्रवासमा त्यहि पनि हामी जुनसुकै अबस्थामा पनि एक जुट हुन्छौं त्यो आज प्रमाणित भएको र जनजागरण चेतनशील युवा क्लब लाई अगामी दिन हरु पनि यसरी नै चेतनामुलक सस्कृतिक कार्यक्रम समाज परिवर्तन हितको कार्य गर्दै जहोसभन्दै शुभकामना दिएकी थिईन ।काभ्रे सेवा समाज युएईका अध्यक्ष दिल लामाले नेपालको रास्ट्रीय गानले सयौ थुंग फूलका हामी एउटै माला नेपाली भने पनि सबै जना एक्जुठ हुन नसकेको र नेपालको प्रधानमन्त्रीले समेत एक कार्यक्रम बोल्दै बौद्ध धर्मलाम्वीहरु ले प्रयोग गर्दै आएको स्वागत खादा लगाउने चालन हाम्रो होइन विदेशी को हो भन्ने कुरामा दुख ब्यक्त गरेका थिए ।

जनजागरण चेतनशील युवा क्लब अयोजक टिम लाई जनजागरण नामले मात्र नभई सम्पुर्ण युवाहरुलाई एक जुट बनाई अगाडि बढ्न सुझाव समेत दिएका थिए। संगीतमाया स्वागत गीत नवाङ लामाले यो मन त नेपाली हो भन्ने बोल गीत बाट सुरु गरे जस् लाई प्रमुख अतिथि कार्यक्रम समापन गर्दै कार्यक्रम सभापति एवं संस्थापक अध्यक्ष गायक तथा सर्जक मनिस लोप्चनले कार्यक्रम लाई भव्य र सभ्य रुपमा सफल पार्न निमन्त्रणा लाई स्वीकार गरि पाल्नु हुने सम्पुर्ण प्रमुख अतिथि,बिशेष अतिथि गण,अतिथी

गण,पत्रकार,प्रायोजक दाता,सम्पूर्ण उपस्थित दर्शक महानुभाव,अहोरात्र खटिनु हुने सम्पुर्ण पदाधिकारीहरु,स्वयंसेव ,प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम लाई सफल पार्न सहयोग गर्नु हुने सहयोगी मनहरु लाई जनजागरण चेतनशील परिवारको तर्फबाट हृदय देखि धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि माया साथ सहयोग र सुझाव सल्लाहको अपेक्षा गर्दै औपचारिक कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

सस्कृतिक कार्यक्रम सफलता पुर्बक भएकोमा कलाकारहरु लाई युएईमा पहिलो पटक ट्राफी र सम्मान पत्र द्वारा सम्मन गरिएको थियो। यस अघिको सस्कृतिक कार्यक्रम हरु मा पत्र द्वारा सम्मान गरेको देखिन्थियो साथै विशेष अतिथिगाण हरु हात बाट प्रयोजन मिडियाकर्मी सदस्यहरु स्वयंसेवक हरु लाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो |कार्यक्रम संयोजक सुरेन्द्र तामाङले औपचारिक कार्यक्रम संचालन गरेको थिए भने अनौपचारिक कार्यक्रम आदिबासी जनजाति मिस 2019 विजेता अञ्जली लोप्चनले सन्चलन गरेकी थिईन ।


Your Views
Related News