काठमाडौँ, ४ चैत । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलँदै गएको को,भिड–१९ को नाममा नेपालमा का,लोबजारी बढ्दै गएको बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँका क्षेत्रीय सभापति र काठमाडौँ महानगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसँगको छलफलमा उहाँले बजारमा का,लोबजारी हुन नदिन जनप्रतिनिधिले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कोरोनाको नाममा का,लोबजारी बढ्न थालेकाले सरकारले बजारमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने उहाँकोे भनाइ छ । नेता सिंहले जनप्रतिनिधिलाई जनताको घरघरमा पुगेर को,रोना भा,इरसले ज,नजीवनमा पार्नसक्ने प्रभावको बारेमा ज,न चे,तना फै,लाउन निर्देशन समेत दिनुभयो ।

पार्टीका नेता एवम् पूर्वमन्त्री राजेन्द्रकुमार केसीले को,रोना भा,इरसको वि,रुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । काँग्रेस काठमाडौँका सभापति सबुज९कृष्ण० बानियाँले जनताको पक्षमा काँग्रेसले काम गर्नसके मात्र आगामी निर्वाचनमा पार्टीले विजय हासिल गर्नसक्ने बताउनुभयो । रासस


Your Views
Related News