त्यसपछि दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । छवीले आफ्नो गल्तीका लागि माफी मागेका थिए । प्रहरी समक्ष सहमति गरे पनि शिल्पा र छवी अहिलेसम्म सँगै बसेका छैनन् सो घटनापछि । नायिका शिल्पाले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान छवीले हातपात गरेको बताएकी छन् । विभिन्न सञ्चारमाध्यममा उनका कुरा आइरहेका छन् ।

यहि पेरिफेरिमा निर्माता तथा शिल्पाका श्रीमान छवीले सामाजिक सञ्जाल मार्फत आफ्नो सफाई पेश गरेका हुन् । उनले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको दाबी गरेका छन् । आफूले ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर शिल्पासँग विवाह गरेको उनले उल्लेख गरेका छन् ।

छवीले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् ? यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

उनले अघि लेखेका छन्, ‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस् । मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।

आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पाएको उनले उल्लखे गरेका छन् । छवीले लेखेका छन्, ‘म फेरि पनि भन्दैछ, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनुस्, तपाईँले न्याय पाउनु हुन्छ ।’


Your Views
Related News