काठमाडौं। गैंडाकोट १ प्रतिभाटोल निवासी बस्याल परिवारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई विवाह खर्च कटाएर एक लाख रुपयाँ सहयोग गरेका छन् ।

गुनाखर बस्यालले छोरा प्रकाश वस्यालको विवाहकै अवसर पारेर रंगशाला निर्माणका लागि एक लाख एक हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

विबाहको केही खर्च कटाएर बस्याल दम्पत्तीले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।


Your Views
Related News