विश्वव्यापी स्वास्थ महामा`रीको रूपमा फै`लिएको कोरोना भा`इरस (कोभिड – १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो देशमा रहेका नेपाली कामदारहरूलाई अनिवार्य रूपमा नेपाल फिर्ता गर्ने तयारी गर्दै त्यस्तो `स्थितिको लागि तयार रहन नेपाल सरकारलाई आ`ग्रह गरेको सार्वजनिक भएको छ ।

अवुधावीस्थित नेपाली दूतावासले यसको पुष्टि गर्दै नेपाल सरकारको श्रम मन्त्रालयलाई खबर गरि सकेको जनाएको छ । युएईका दुबई, अवुधावीसहितका ठाउँमा लाखौं नेपाली कामदारहरू कार्यरत छन् । त्यहाँ रहेका लाखौं नेपालीहरू अहिले सेल्फ क्वारेन्टाइनमा बसेको र रोजगारदाता कम्पनीले काम नगरेको अवधिमा तलब दिन नसक्ने र कोरोना संक्रमित भए उपचार गर्न नसक्ने भन्दै नेपाली कामदारहरूलाई नेपाल फर्कन मानसिक द`बाब दिन थालेको समेत सा`र्वजनिक भएको छ ।

यता श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले भने कामदारहरूलाई अनिवा`र्य फिर्ता गर्नसक्ने रिपोर्ट युएईस्थि`त दूतावासले गराएको पु`ष्टि गर्दै ठूलो ठूलो समुहमा अ`निवार्य रूपमा नेपाली कामदार फिर्ता गर्नुपर्ने अवस्था आए कसरी व्यवस्थापन गर्ने भन्ने गृ`हका`र्य समेत थालिसकेको दावी गरेको छ । वैधानिक र अवैधानिक रूपमा युएई सहितका खाडी मुलुकमा करिब ५० लाख नेपाली कार्यरत रहेको बताइन्छ ।

श्रम तथा सामाजिक मन्त्रालयका अनुसार कामदारहरु रहेका मुलुकमा का`र्यरत नेपाली रा`जदूतहरुलाई यसरी जवर्ज`स्ती कामदार फिर्ता गर्ने अवस्था आउन नदिन कु`टनैतिक पहल गर्न निर्देशन दिइएको छ । त्यसैगरी नेपालका म्यानपावर कम्पनीहरुलाई आफूले पठाएका कामदारहरु लिने कम्पनीहरुसँग नि`रन्तर स“म्पर्कमा रही यस्तो समस्या आउन नदिन नि`र्देशन दिइएको छ ।

‘मन्त्रालय र म्यानपावर कम्पनीबीच बैठक गरी यसबारे काम गर्न बैदेशिक रोजगार विभागका महानिर्देशकको संयोजक`त्वमा म्यानपावर व्यवसायीका प्रतिनिधिसमेत राखेर एउटा समन्वय समिति बनाइएको छ’, श्रम तथा सामाजिक सु,रक्षा मन्त्रालयका अनुसार, ‘श्रम स्वी`कृति पाएर पनि विदेश जान नपाएका र विदेशबाट फर्काइने खत`रामा परेका कामदारहरुसंग निरन्तर समन्वय गर्न सो समितिले काम गर्ने छ ।’

यसैगरी मन्त्री यादवले बैदेशिक रोजगारसँग प्रत्यक्ष अप्रत्यक्ष रुपले जोडिएका विभिन्न १० वटा मन्त्रालयका सचिवहरुलाई बोलाई नेपाली कामदार कार्यरत मुलुकहरुबाट जवर्ज`स्ती फिर्ता गर्ने ख,तरालाई सम्बोधन गर्न के गर्ने भन्नेबारे आआफ्नो मन्त्रालयबाट कार्ययोजना पेश गर्न निर्देशन दिइएको बताए ।


Your Views
Related News