महोत्तरी । अविरल वर्षासंगै आएको बाढीले सदरमुकाम तथा जिल्लाका सबै क्षेत्रमा कालाबाजारीहरु मालामाल हुन थालेका छन । बाजारमा प्राय सबै सामानको मूल्य दुई गुणादेखि ४ गुणासम्म बढेको छ ।
जलेश्वरमा ग्यास दुई हजारदेखि दुई हजार पाँच सय, आलु ६० देखि ८०, प्याज ८० देखि १२०, मट्टितेल दुई सयदेखि २४०, चामल २५ किलो बोराको एक हजार पाँच सयदेखि एक हजार सातसयसम्म पाइने गरेको छ ।यता कालाबजारीको गुनासो बढ्न थालेपछि नेपाल प्रहरीले पसलहरुमा छड्के शुरु गरेपनि अझै बजार भाउ घट्न सकेको छैन । बाढी प्रभावितका स्थानीय महंगो खाद्यान्न किन्न बाध्य छन् ।प्रहरी प्रशासनबाट बजार अनुगमन हुन थालेपछि व्यापारीले सामान नै नभएको भन्दै ग्राहकलाई फिर्ता पठाउन थालेका छन् । बढी पैसा तिर्न राजी रहेका ग्राहकहरुलाई सामग्री उपलब्ध गराउने भेटिएको छ ।सदरमुकाम जलेश्वरमा व्यापारीहरुमा थोरै डर भएपनि अन्य सबै क्षेत्रमा कालोबजारी फस्टाएको हो । कुन पसलबाट महंगोमा खाद्यान्न ल्याउनुभयो भनेर सोध्दा उपभोक्ता सामग्री नै नपाउने र भोक्कै बस्नु पर्ने डरले पसलको नामसमेत बताउन चाहेका छैनन् ।


Your Views
Related News