काठमाडौँ, ९ चैत । बिरगंजमा एक जनामा कोरोना भाइरसको सं,क्रमण भएको पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर घर भएका एक जना व्यापारीमा कोरोना सं,क्रमण देखिएको हो ।

उनलाई रु,घा खो,की र ज्व,रो देखिएपछि कोरोना भाइरस सं,क्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । पटनामा गरिएको स्वास्थ्य परिक्षणका क्रममा उनलाई कोरोना भएको पुष्टि भएको हो । सुरुमा सन्चो नभए पछी उनि बीगरञ्जको गण्डक अ,स्पतालमा पुगेका थिए ।

६ दिन अघि उनी वीरगञ्जको गण्डक अ,स्पतालवाट भारतको पटना पुगेका हुनाले उनलाई कोरोना सं,क्रमण नेपाल मै भयो वा भारत पुगेपछि भयो भन्ने स्पष्ट भएको छैन । उनको नाम सार्बजनिक नभएपनि उनि एक प्रतिष्ठित घरानाका ब्यापारी रहेको बुझिएको छ ।

ती व्यक्तिलाई कोरोना सं,क्रमण पुष्टि भएसँगै परिवार र ती व्यक्तिको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राख्नेबारे वीरगञ्ज महानगरले आकस्मिक बैठक बोलाएको जनाइएको छ ।


Your Views
Related News