काठमाडौँ : फ्रा`न्सबाट कतार हुँदै नेपाल आएका एक जनालाई कोरोना भाइ`रस(कोभिड १९) पोजेटिभ देखिएको छ ।आज स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आक´स्मिक पत्रकार सम्मेलन गर्दै एक नेपालीमा कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिएका हुन् ।

मन्त्री ढकालका अनुसार उनी चैत ४ गते नेपाल आएका थिए । उनको रिपोर्ट हिजो आएको र पोजेटिभ भएको मन्त्री ढकालले बताए । उनीसँग को को आएका थिए भनेर पनि खोजी गरिने मन्त्रालयले जनाएको छ ।

ती नागरिक आएपछि नै क्वारेन्टाइनमा छन् । उनलाई रुघाखोकी लागेपछि स्वाब प`रीक्षण गर्दा हिजो सं`क्रमण देखिएको हो । मन्त्रालयले उनीसँग भेटघाट भएका सबै व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको छ भने उनी होम क्वारेन्टाइनमा रहँदा उनीसँग भेटघाट गर्ने सबैलाई पनि क्वारेन्टाइनमा राखिने मन्त्रालयले जनाएको छ ।

उनीहरुको पनि स्वाब प`रीक्षण गरिने बताइएको छ । कोरोना पोजेटिभ देखिएका व्यक्ति युवती हुन् । उनी विद्यार्थी भएको बताइएको छ । मन्त्रालयले प्रेस सम्मेलन गर्नुभन्दा केही घण्टाअघि नै विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा नेपालमा दुई जनामा सङ्क्र`मण भएको वि`वरण देखिएको थियो। केही साताअघि चीनको वुहानबाट फर्किएका एक नेपाली युवकलाई स´ङ्क्रमण भएको पुष्टि भएको अघि। अहिले उनी स्वस्थ भइसकेको बताइएको छ ।

भिडियो हेर्नुहोस् ।

स्वास्थ्य मन्त्रालयकाे अाकस्मिक पत्रकार सम्मेलन ।क्वारेन्टाईनमा राखिएकी एक नेपाली युवतीमा कोरोना संक्रमण देखिएको छ । फ्रान्सबाट कतार हुँदै चैत ४ गते काठमाडौं विमानस्थलमा ओर्लिएकी युवतीमा कोरोनो देखिएको स्वास्थ्य मन्त्रीले बताएका छन्ु । अहिले उन्को टेकु अस्पतालमा उपचार भईरहेको छ ।

Gepostet von नयाँ खबर अनलाइन am Montag, 23. März 2020


Your Views
Related News