काठमाडौं । नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गरको छ। सरकारले कोरोनाको सं,क्रम फैलनबाट रोक्ने गरी लकडाउनको लागू गरेपछि धेरै ग्राहकलाई रिचार्ज कार्ड किन्न स,मस्या परिरहँदा टेलिकमको यस्तो नि,र्णय आएको हो ।अहिले नागरिक घर बाहिर निस्कन पनि नसक्ने अवस्था रहेकाले रिचार्ज रकम बराबरकै बोनस दिन मोबाइल सेवा प्रदायकलाई मंगलबार नेपाल दूरसञ्चार प्रा,धिकरणले नि,र्देशन दिएको थियो ।दू,रसञ्चार प्रा,धिकरणको नि,र्देशनअनुसार बुधबारबाट यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ।

टेकिलमले आफ्नो नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी रिचार्जजत्तिकै बोनस ब्यालेन्स रकम उपलब्ध गराउने नि,र्णय गरेको टेलिकमका प्र,वन्ध नि,र्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।उनका अनुसार यस्तो बोनसबापतको रकम डाटा चलाउन र एसएमएस गर्न समेत प्रयोग गर्न सकिने छ । नेपाल टेलिकमबाहेकका अन्य नेटवर्कमा फोन गर्दा भने मुख्य ब्यालेन्सबाट शुल्क काटिनेछ ।


Your Views
Related News