प्रहरी प्रधान कार्यालयलाई आज सनराइज बैंकले ६५ थान पीपीई (पर्सनल प्रोटेक्सन इक्विपमेन्ट) ह,स्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहका बीच सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई उक्त सामग्री ह,स्तान्तरण गर्नुभयो ।

प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त सामग्रीले रोग फैलनाबाट जोगाउन महत्वपूर्ण सहयोग गर्ने भन्दै सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो । पौडेलले विश्वव्यापी म,हामारीका रुपमा फैलिएको कोरोना भाइरसको नि,यन्त्रणका लागि नेपाल प्रहरीले आफ्नो जीउ ज्यान जो,खिममा राखेर नि,र्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीलाई सहयोग गर्दै जाने प्र,तिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल प्रहरी अ,स्पताल महाराजगञ्जमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सम्भावित जो,खिमबाट बची जो,खिममा अ,होरात्र खटिने प्रहरी कर्मचारी र सर्वसाधारणहरुमा स,ङ्क्रमण भएको खण्डमा बचाउन पीपीई ह,स्तान्तरण गरिएको उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु तथा सनराइज बैंकका पदाधिकारीहरुको उपस्थिति थियो । रासस


Your Views
Related News