धनकुटा, १६ चैत । लकडाउनका का,रण काममा जान नपाएपछि दुई छाक टार्न मुस्किल परेका धनकुटाको जोरपाटी, सिधुवा र चित्रे बजारका मजदुरलाई युवा संघ नेपालका केन्द्रीय सदस्य बलदीप राईले खाद्यान्न वि,तरण गरेका छन् ।

दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आएका छथर जोरपाटी गाउँपालिकाको जोरपाटीका १२, सिधुवाका चार र धनकुटा र तेह्रथुमको सिमाना चित्रे बजारका १० घरका अति विपन्न परिवारलाई रा,हत स्वरुप राईले खाद्यान्न वि,तरण गरेका हुन् ।

राईले प्रतिव्यक्ति पाँच किलो चामल, आधा लिटर तेल, एक किलो दाल, एक किलो नुन, दुईवटा चाउचाउ र एउटा साबुन प्रदान गरेका हुन् । छथर जोरपाटी गाउँपालिकाका अन्य वि,पन्न परिवारको खोजी गरी रा,हत वि,तरण गर्ने तयारीमा रहेको उनले बताए ।

धनकुटाका सात वटै स्थानीय तहले भने लकडाउनले प्रभावित वि,पन्न परिवारलाई राहत वि,तरण गरेका छैनन् ।


Your Views
Related News