काठमाडौं, १६ चैत्र । सत्तारुढ दल नेपाल क,म्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व गृहमन्त्री डा. भीम बहादुर रावलले कोरोनाको उ,पचारमा खटिने चि,कित्सक, नर्स तथा स्वास्थ्यकर्मीको लागि चाहिने पिपिईको बन्दोवस्त गर्नुपर्ने र विदेशबाट ल्याईएका स्वास्थ्य सामाग्री देशव्यापी रुपमा पुर्याउनुपर्ने बताएका छन् । सुरक्षाकर्मीहरुलाई पनि ढुक्कसँग खट्न सक्ने वातावरण बनाउनुपर्ने उनको भनाई छ । उनले दैनिक ज्यालादारी गरेर आफ्नो छाक टार्नेहरुको लागि सरकारले विशेष राहतको प्याकेज ल्याउनुपर्नेपनि बताए ।


Your Views
Related News