काठमाडौं। कोरोना संक्रमणको निदान तथा उपचारमा धेरै प्रगति भइरहेको बताउँदै विज्ञहरूले अब आत्तिनु नपर्ने बताउन थालेका छन् । उद्यपी उनीहरूले सतर्कता र नियमित सरसफाइ भने गरिरहन सुझाव दिएका छन् ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले अबको एक महिना कोरोना कहर काट्न सके कोरोनालाई जित्न सकिने बताएका छन् ।

हेर्नुहोस् उनले दिएका सुझावहरू :

–छिमेकी देश भारतले कोरोना परीक्षण किटको सफल प्रयोगपछि ठूलो संख्यामा किट निर्माण गरिरहेको छ । १०० भन्दा धेरै कोरोना भाइरसका बिरामी भारतका अस्पतालमा उपचार पछि निको भएर घर फर्किएका छन् ।

– त्यस्तै चीनमा यसको महामारी नियन्त्रणमा आइसकेको छ ।
चीनले ठूलो मात्रामा औषधि, उपकरण तथा टेस्ट किट निर्माण गरेर विश्वव्यापी सप्लाई गरिरहेको छ ।
–कोरियामा संक्रमितको ग्राफ फ्ल्याट भएको छ । अर्थात घटिरहेको छ । जापानले संक्रमणलाई आफ्नो नियन्त्रणमा राखेको छ ।

–इजरायलका बैज्ञानिकले कोरोना विरुद्धको खोपमा ठूलो प्रगति गरेका छन् ।
–चीनमा ८६ बर्षदेखि १०३ बर्षका बिरामी पनि ठिक भएर डिस्चार्ज भएका छन् ।
–भारतमा पनि ८६ बर्षका बिरामी जसलाई सुगर र प्रेसरका दीर्घ रोगी थिए, उनी निको भएर घर फर्किएका छन् ।
–युरोप र अमेरिकामा निको भएर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ ।
–नेपालमा ७ प्रदेशबाट नै कोरोना संक्रमणको परिक्षण भइरहेको छ ।

– अहिलेसम्म संक्रमित ५ जनामध्ये १ जना निको भइसकेका छन् भने बाँकी ४ जनाको अवस्था सुधारोन्मुख छ । सरकारले लक डाउनलाई प्रभावकारी बनाएको छ ।
– उच्च रक्तचाप, मधुमेह लगायतका बिरामी जसलाई औषधि सेवनले कन्ट्रोल राखेको छ, त्यस्ता 95 % बिरामी निको भएर फर्किएका छन् ।

– हाल मृत्यु भएका ३८ हजार मध्ये अधिकांश व्यक्ति किड्नी फेल भएका, क्यान्सरको अन्तिम स्टेजका, एचाइभी /एड्सको औषधिले काम गर्न छोडेका तथा Immunosupressant रोग भएका छन् । कोरोना संक्रमण नफैलिएको भएपनि उनीहरुमध्ये ५० % को मृत्यु नाजुक स्वास्थ्यको कारण हुनेथियो ।

– हामी नागरिक चेतनशील भएका छौं । १ महिना यो कहर काट्यौं भने हामीले कोरोनालाई जित्नेछौं ।


Your Views
Related News