बागलुङ : को´रोनाको सं´क्रमण नभएको उनी बताउँछिन्। ‘ज्व´रो पनि छैन। खो´की पनि छैन। सुरुमा १-२ दिन स´मस्या भएको हो। अहिले ठीक छु,’ उनले भनिन् ।

बेल्जियमदेखि बागलुङ यात्रा
चैत ३ गते बेल्जियमबाट नेपालका लागि उडेकी अंशुको कतारमा ट्रान्जिट पर्‍यो। ३ घण्टा ट्रान्जिटमै विताइन् उनले। प्लेनबाट निस्किए पनि एयरपोर्टबाट बाहिर गइनन्। ‘केही खाएको पनि छैन। कसैलाई भेटेको पनि छैन। जहाजबाट चाहिँ ओर्लिएँ। तर कतै गएको थिइन्,’ उनले भनिन्। ४ गते उनी कतार एयरवेजकै अर्को प्लेन चढेर काठमाडौं झरिन्। उनको साथमा हजुरआमा पनि थिइन्।

काठमाडौंमा बाबु लिन पुगेका थिए। सुरुमा माइक्रोबाट पोखरा आउने भनेर उनीहरु ट्याक्सी चढेर बाहिर निस्किए। तर पछि मुड चेन्ज भयो। यति एयरको प्लेनबाट पोखरा आए। पोखरा विमानस्थलबाट ट्याक्सी चढेर हरिचोक पुगे। हरिचोकमा जीप समाते। जीप चढेर सीधै बागलुङको कुँडुले पुगेकी उनी घरबाट खासै निस्किइनन्।

कतै गएको छैन
बागलुङ पुगेपछि उनी आफूले ल्याएको चकलेट साथीहरुलाई बाँडिन्। केही होहल्लाहरु पनि भए, उनी पूजामा गएको भन्ने। ‘म कतै पूजामा गएको छैन। मन्दिरमा पनि गएको छैन। साथीहरुलाई पनि रोग लागेको छ भन्ने थाहा पाएर भेटेको हैन,’ उनी भन्छिन्, ‘अलि धेरै ने´गेटिभ कमेण्ट पनि आउने रहेछ। पो`जिटिभ भएको खबर आएपछि म घरबाट निस्केकै छैन। क्रि`पया नेगे`टिभ कमे`ण्टहरु नगरिदिनुहोला।’

कहिलेकाहीँ वि`रामी भएर अ`स्पताल गए पनि यस्तो एक्लो मह`सुस उनले पहिलो पटक गरेकी छन्। ‘अरुबेला त आफन्तहरु आउँथे। यो रो`गमा कोही नजिक आउन पनि नहुने रहेछ। एक्लै कोठामा बसेको छु, कहिलेकाहीँ डा´क्टर आउँछन्,’ उनले भनिन्, ‘सिस्टरहरु (नर्स)ले खाना ल्याइदिन्छन्। न बाहिर नस्किन मिल्ने। न कसैलाई भेट्न मिल्ने। एक्लोजस्तो म`हसुस हुने रहेछ।’

डाक्ट`रहरुले फोनबाट हालखबर सोधिरहन्छन्
शनिबारदेखि अंशु अस्प`तालमा बसेर उ`पचार गराइरहेकी छन्। अहिले खासै समस्या छैन। ‘सुरुमा २ दिनजति ज्व´रो आयो। मेडिकलबाट औ`षधि किनेर खाएँ, ठीक भयो,’ उनले भनिन्, ‘पछि खो`की पनि लाग्यो। डा`क्टरहरु घरमै आएर रिपोर्ट लिने भने। रिपोर्ट पठाएपछि पोजिटिभ आएछ। छाँगाबाट खसेजस्तो भयो।’ स्वास्थ्यमा केही समस्या नहुँदा पनि को´रोना पोजि`टिभ देखिएपछि आफूलाई ड`र म`हसुस भएको उनले सुनाइन्।


Your Views
Related News