काठमाडौं : सरकारले लक´डाउनको समयमा जो जहाँ छ, त्यहीँ व्यवस्थापन गर्ने र सीमानाका भने नखोल्ने भएको छ । भारतबाट नेपाल फर्कन चाहनेसमेत उतै बस्नुपर्ने र नेपालमा रहेका भारतीय नागरिकसमेत भारत फर्कन नपाउने भएका छन् ।

कोरोनाको स´ङ्क्रमण फै`लन सक्ने त्रा,सका बीचमा दुई देशको सीमानाका बन्द भएको बेला नेपाल फ`र्कन खोजेका नेपाली नागरिकको स´ङ्ख्या दश`गजा क्षेत्रमा देखिएको बेला नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भावनात्मक कुराका आधारमा मात्रै विप`त्तिसँग जुध्न नसकिने बताए ।

कोभिड १९ सङ्क्र`मण रो´कथाम तथा नियन्त्रण उच्चस्त`रीय समन्वय समितिका सं`योजकसमेत रहेका मन्त्री पोखरेलले सीमानाका बन्द भएपछि पनि स्वदेश फर्किन दशगजा क्षेत्रमा जम्मा भएका नेपाल र भारत दुवै देशका ना`गरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने गरी व्यवस्था मिलाइएको जा´नकारी दिए ।

‘भारतका विभिन्न स्थानमा रो`जगारी तथा अन्य सिलसिलामा पुगेका नेपाली नागरिक देश फिर्ताको माग गर्दै आएका छन् । केही नेपाली पौडेर महाकाली नदीसमेत पार गरेर आएका छन् । त्यसबाट कोरोनाको सङ्क्र`मण फैलन सक्ने अवस्थालाई ध्यानमा राखेर जो जहाँ छन्, त्यहीँ राख्ने गरी व्यवस्था गरिएको हो’, मन्त्री पोखरेलको भनाइ छ ।

उनले भने, ‘भाव´नात्मक हिसाबले त उहाँहरुलाई फर्कन दिनुुपर्छ भन्ने कुरा स्व`भाविक नै हो, तर यो भा´वना भन्दा परेको विषय हो । विपद्मा जो जहाँ छौँ, त्यहीँ बसौँ ।’
भारतीय सीमाभित्र रहेका नेपालीको व्यवस्थापन उहाँहरुले गर्ने र नेपालमा रहेका भारतीय नागरिकको व्यवस्थापन नेपालले गर्ने नै तत्का,लको लागि सबैभन्दा उ´त्तम वि`कल्प भएको उनको भनाइ छ ।

विशेष गरी दार्चुलाको सीमापारि धार्चुला र कैलालीको नेपाल भारत सीमा क्षेत्रमा केही नेपाली जम्मा भई बसेका छन् । जो`खिमपू´र्ण वा स´ङ्कटको समयमा विश्व स्वास्थ्य स`ङ्गठनको प्रोटोकलले समेत जो जहाँ छन्, त्यही सुरक्षित राख्ने वा रहन दिने भनेको छ ।


Your Views
Related News