निरु त्रिपाठी, गत शुक्रबार अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पत्रकारहरूसँग बोल्दै भने –विद्यार्थी भिसा, भिजिटर भिसालगायत अ,स्थायी भिसामा आएका व्यक्तिहरू अहिलेको अवस्थामा आर्थिक रूपमा आ,त्मनिर्भर हुन सकिँदैन भन्ने लाग्छ भने आफ्नो देश फर्किनु उ,त्तम हुन्छ। अझ उनले आफ्नो कुरा थप्दै भने – यो म,हामारीमा सरकारको घो,षणा गरेको सुविधाहरू आफ्नो नागरिक तथा स्थानीय बासिन्दालाई हो र उनीहरु हाम्रो प्राथमिकता हो। मरिसनको यो वक्तव्यले नेपाली लगायत अन्य समुदायमा एउटा हलचल नै ल्याएको छ।

त,नावमा रहिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरू लगायत अस्थायी बासिन्दाहरूमाथि झन् तनाव थपिदिएको छ उनको कुराले। मरिसनले यो कुरा होसमा नै बोले कि त,नावमा बोले भन्ने कुरा उनै जानुन् तर पनि उनले यसरी बोल्दा विद्यार्थी तथा अस्थायी भिसामा रहेको व्यक्तिहरूलाई कस्तो ठूलो मानसिक आ,घात पुग्छ भन्ने उनले सोच्नुपर्थ्यो। अस्ट्रेलियाको अर्थतन्त्रमा खर्बौंको योगदान गर्ने तिनै विद्यार्थी वर्ग र देशको श्रम बजारको अधिकांश हिस्सा ओगटेको यहाँको अस्थायी बासिन्दाको बारेमा खुलेआम यसरी बोल्दा उनको गै,ह्र जि,म्मेवारीपन भने पक्कै देखिएको छ।

यो बोलिले विद्यार्थी लगायत अस्थाथी भिसामा रहेका व्यक्तिहरूको मनोबल बढाउने भन्दा पनि घटाउने बढी रहेको छ। जसको उदाहरण आजदिनभरिमा आएको धेरै भन्दा धेरै फोन कलहरू हुन्। धेरै कलमध्ये एउटा कलले मलाई धेरै नै भा,वुक बनायो। उसले नेपाल जाने फ्ल्याइट कहिले खुल्छ भनेर सोध्न फोन गरेको थियो। त्यसको यकिन जवाफ मसँग पनि थिएन। मैले यतिमात्रै भने नेपाल सरकारको सूचना, वेबसाइट, समाचारहरू हेरिरहनू र हामीसँग टचमा रहिरहनू। फ्ल्याइटसम्बन्धी केही नयाँ सूचना आए अवश्य तपाईंलाई कल ब्याक गर्नेछु भनें।

ऊ विद्यार्थी भा,वुक हुँदै भन्यो- यदि एक महिनासम्म पनि म नेपाल जान पाइनँ भने आ,त्म ह,त्या गर्छु। मैले यसपटक घरपरिवारलाई एकदमै सम्झेको छु । आर्थिक अ,भाव यता पनि छ उता घरमा पनि छ। लकडाउनले घरमा झन् स,मस्या निम्त्याएको छ यता मसँग कलेज फी तिर्ने पैसा त परै जाओस् पाँच डलर पनि सेभिङ छैन। भिनाजूले टिकट भाडा हालिदिन्छु आउने हो भने भनेको छ। सायद म अब सधैंको लागि फर्किने छु नेपाल। मलाई नेपाल जसरी पनि जानुछ। प्लिज त्यति स,हयोग गरिदिनु न। पैसा, खाना, बस्न भन्दा पनि मेरो अहिलेको जरूरत भनेको नेपाल फर्कनु हो।”

उसको आँ,सु, पी,डा र छ,टपटी मैले सजिलै महशुस गर्न सक्थें। यहाँको नेपाली समुदायको संघसंस्थालाई भनेर उसको लागि खाने, बस्ने र अन्य सुविधाको व्यवस्था गर्न सकिन्थ्यो तर उसले जुन स,हयोग यतिखेर तुरून्त मागेको थियो त्यो पूरा गर्न असमर्थ थिएँ। यतिबेला मर्ने कुरा भन्दा पनि स,मस्यासँग जु,धेर बलियो हुने बेला हो भनेर सम्झाउनुको वि,कल्प मेरो अर्को थिएन। अर्को फोन कल थियो – यहाँको सरकार बस्न नसके जा भन्छ, नेपालको सरकार नआइज भन्छ। अनि स,हयोग अ,पील गर्न म एनआरएनएले तोकेको मा,प द,ण्डमा पनि पर्दिनँ।

अब हामी के गर्ने? आर्थिक अ,भावले यहाँ बस्ने स्थिति पनि रहेन र नेपाल जान पनि रो,क लगाइयो। वि,जोग भयो। अर्को स,मस्या थियो – काम सबै ब,न्द भयो, घरभाडा तिर्न पनि सकिएन, खानेकुरा किन्ने पैसा पनि सकिँदै गएको छ, काम नभएपछि असाइनमेन्ट गर्न पनि ध्यान गइरहेको छैन, कलेजको फी सम्झँदा रातभरि निद्रा लाग्दैन, कलेजले अनलाइन पढाउने रे बरु अनलाइन त नेपाल नै गएर पढ्छु। घरमा बस्दा आमाबुवा पनि खुसी अनि आर्थिक भार पनि पर्दैन, पढाइ पनि राम्रो हुने, प्लिज नेपाल जाने केही उपाय छैन?

अर्को कल थियो छोरी ज्वाइँलाई भेट्न आएको आमाबुवाकोः भिसा सकिएपछि पनि नेपाल जान नपाएपछि अहिले उहाँहरू विजिटिङ भिसामा हुनुहुन्छ। चारपटक नेपाल जाने टिकट काँट्दा पटकपटक क्यानसिल भइदिँदा उहाँहरू एकदमै तनावमा हुनुहुन्थ्यो। “आफ्ना छोराछोरी त बराबर त हुन् नि नानि” यता छोरी ज्वाइँसँग सु,रक्षित छु भनेर ढुक्क हुन सकिरहेको छैनौं हामी। उता छोराछोरीहरूलाई कस्तो भयो होला। के खाएका छन् भनेर चिन्ता लागेको छ। अझ कान्छो नाति बिरामी छ भनेदेखि यता निन्द्रै लागेको छैन। चाँडोभन्दा चाँडो नेपाल जान चाहन्छौं।

लौन सरकारले कहिले प्लेन पठाउँछ हामीलाई लिन? अस्ट्रेलियन नागरिकहरूको पनि फोन आएको थियो। उनीहरू पनि नेपाली विद्यार्थीको लागि लिएर त,नावमा नै छन्।एउटा अस्ट्रेलियनको फोन थियो –“म कहाँ बस्ने नेपाली विद्यार्थीको दयनीय स्थिति छ, उसलाई स,हयोग चाहिएको छ। उसको काम छैन, ऊ छटपटाइरहेको छ। अब उसले घर भाडा पनि तिर्न सक्दैन। ऊ एकदमै स,मस्यामा छ, एक महिनाको लागि हामी खान बस्न स,हयोग त गरौंला तर अर्को महिना सक्दैनौं। नेपाली संघसंस्थाले उसको लागि केही स,हयोग गर्न सकिन्छ?

फेरि अर्को अस्ट्रेलियनको फोन आउँछ अनि सोध्छ,- को,रोना भा,इरसबाट बच्न हामी घरमा सेल्फ आइसोलेसनमा बसेका छौं, घरबाटै काम गरिरहेका छौं तर हाम्रो घरमा बस्ने नेपाली विद्यार्थीहरू सार्वजनिक ट्रेनमा सवार भएर काममा गइरहेका छन्। हामीलाई थाहा छ उसलाई काम चाहिएको छ तर हामी घरमा को,रोनाको त्रा,स भित्र्याउन पनि सक्दैनौं। उसलाई हामीले घर छोड भनिसक्यौ तपाईंहरूले पनि उसलाई केही स,हयोग गर्न सक्नुहुन्छ कि? अनि ती भाडामा बसेको नेपाली विद्यार्थीहरूसँग कुरा गर्दा उनीहरू भन्छन् – कोठा, काम होइन अब नेपाल जाने प्लेन व्यवस्था गरिदिनुस्।

नेपालमा क,मसेकम आफ्नो घर त छ। खानै नपाउने स्थिति त छैन। यतिखेर साथीभाइ आफन्तका शरण लिने स्थिति पनि छैन। मा,नसिक त,नाव भयो अब बौलाउन मात्रै बाँकी छ। यी त केही व्यक्तिहरुको स,मस्या भयो तर यस्ता स,मस्या त कति छन् कति अहिले। न त नेपाल एम्बेसी, न त कन्सलट्यान्ट अफिस, न त एनआरएन संस्था, न त सामाजिक अन्य संघसंस्थालाई नै फुर्सद छ यस्ता सवालको जवाफ दिन। नेपालीलगायत अन्य विभिन्न देशका विभिन्न संघसंस्थाले विभिन्न तरिकाबाट राहत बाँड्ने, खाना खुवाउने जस्ता विभिन्न प,रोपकारी कामहरू गरिहेका छन्।

तर अहिलेको को,रोना प्र,कोप हेर्ने हो भने देशलाई सा,मान्य स्थितिमा आउन ६ महिनादेखि एक वर्ष लाग्न सक्छ। अझ विज्ञहरूले यो म,हामारी जाडो महिनामा बढ्न सक्छ भने लगत्तै अस्ट्रेलिया झन् सर्तक भएको छ। संसार गर्मीतिर लाग्दै गर्दा अस्ट्रेलिया जाडोतिर लाग्दैछ। यसरी अवस्था झन् ग,म्भीर हुँदै जाने हो भने यी संघसंस्थाहरूले पनि कति कहिलेसम्म थेग्ने भन्ने कुरा आउँछ। अहिलेको स्थितिमा धेरै नेपाली आफ्नो देश फर्कन चाहन्छन्। उनीहरू आफू बसेको सहरभन्दा आफ्नो देश सुरक्षित ठानिरहेका छन्। आफ्नो देश जाँदा आफ्नो मनोबल बढ्ने र मानसिक तनाव कम हुने उनीहरूको बुझाइ छ।

अन्तर्राष्ट्रिय विमान रोकेर सरकारले नागरिक स्वास्थ्य र सामाजिक सुरक्षालाई ध्यान दिएको भनेर तर्क दिइरहँदा विदेशमा रहेको आफ्नो नागरिकको सुविधाको पनि विशेष ख्याल गर्नुपर्दछ। सके जसरी अस्ट्रेलियाको सरकारले आफ्नो नागरिकलाई प्राथमिकता दिएर नेपालबाट यहाँसम्म ल्याउने व्यवस्था गर्यो त्यसरी नै नेपाल सरकारले विदेशमा अड्केर बसेका र देश फर्कन चाहने नेपालीहरूलाई चाँडोभन्दा चाँडो देश फर्काउने नीतिगत व्यवस्था गर्नुपर्‍यो नभए व्यवहारिक र कूटनीतिक रूपमा विभिन्न देशमा रहेको राजदूतावासलाई कुनै परिधि, प्रोटोकलमा नबाधि स्वतन्त्र रूपमा यस नीतिमा काम गर्न अ,नुरोध गर्नुपर्‍यो।


Your Views
Related News