गुल्मी : को’रोना भाइ’रस (कोभिड–१९) को रो’गथामका लागि जिल्लामा नि’षेधाज्ञा लम्बिएपछि विपन्न, गरी’व तथा ज्यालामजदुरी गर्ने मानिसहरु लक्षित गरी राहत सा’मग्रि उप’लब्ध गराउन शुरु गरिएको छ ।

राहत वि’तरण नजिक रहेर बाँड्दै फोटो खिचाउँने गरेको आ’लोचना भइरहदा गुल्मीम भने दु’री कायम गरि राहत वित’रण गरिएको छ ।जिल्ला १२ वटै स्थानीय तहका जनप्रति’निधिहरुले नगरपालिका र गाउँपालिका मार्फत उपलब्ध गराएको खाद्यान्न बि’तरण गर्न थालेका हुन् ।

पालिकाहरुले बित’रण गर्ने राहत सम’ग्रिहरुमा चामल, दाल, नुन र तेल, साबुन लगायत रहेका छन् ।उनीहरुले परिवार संख्याको आधारमा दश किलोदेखि ३० किलोसम्म राहत सा’मग्रि उप’लब्ध गराउँदै आएका छन् ।गुल्मीमा सोमवारसम्म राहत सामग्रि लिने विपन्न व्यक्तिहरुको सं’ख्या छ हजार नाघेको छ ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार सोमवार सम्म जिल्लामा छ हजार १ सय ६१ जनालाई राहत सा’मग्रि बितरण गरि सकिएको छ ।जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्यांक अनुसार १२ वटा स्थानीय तहहरुले बितरण गरेको चामल, नुन, तेल र दालको प’रिमाण २ सय ९१ क्वीण्टल रहेको छ ।

धेरै जसो स्थानीय तहमा टोलटोलमा पुगेर जनप्रतिनिधिहरुको रोहवरमा त कतिपय ठाउँमा सार्व’जनिक स्थानहरुलाई प्रयोग गरि राहत बित’रण गरिएको छ । स्थानीय तहहरुले जिल्लामा राहत बित’रण गर्ने जा’नकारी गराएपछि रा’हत दिनका लागि वितरण स्थलमा मानिसहरुको भिडभाड समेत बढ्दै गएको छ ।को’रोना भाइ’रसवाट उत्पन्न हुनसक्ने सं’क्रमणवाट बच्नका जिल्ला विभिन्न पालिकाहरुमा ७० जना व्यक्तिहरुलाई क्वा’रेनटाइनमा राखिएको छ ।

स्वास्थ्य का’र्यालयले दिएको जा’नकारी अनुसार सोमवारसम्म आठ वटा पालिकाहरुमा उनीहरुलाई राखिएको छ ।यसरी क्वारेन’टाइनमा राखिएकाहरुमा धुर्कोटमा २०, ईस्मामा १३, मालिकामा १०, मदाााननेमा ८, गुल्मीदरबारमा ८, मुसिकोटमा ५, रेसुंगामा ४ र कालीगण्डकीमा २ जना रहेका छन् ।

स्थास्थ्य कार्यालय गुल्मीका प्रमुख डा.भवानी प्रसाद शर्माले जिल्लामा सोमवारसम्म ९ सय ५४ वटा करेनटाईन र २५ वटा आइसुलेसन वेड समेत नि’र्माण गरिएको बताए ।स्वास्थ्य कार्यालय गुल्मीले जिल्लाका एम्बुलेनस चालकहरुको सुर’क्षाका लागि पीपीई बि’तरण गरेको छ ।

कार्यालयले जिल्ला प्रशासन कार्यालय गुल्मीमा सोमवार चालकहरुलाई पीपीई लगाउने तरिकाको बारेमा समेत प्रत्यक्ष रुपमा प्रयोग गरि जान’कारी गराएको थियो ।जिल्लामा रहेका ३८ वटा एम्बुलेन्सहरु मध्ये कार्यालयले तत्कालका लागि नजिक र पायक पर्ने स्थानका रहेका दशवटा एम्बुलेन्स चालकहरुलाई मात्र उ’क्त प्रयोग गर्ने विधि सहित पीपीई सा’मग्रि हस्ता’न्तरण गरिएकोे हो ।


Your Views
Related News