एजेन्सी, ३१ असार । वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले अस्ट्रेलियाका ३ वटा पत्रिकाविरुद्ध दायर गरेको मानहानीको मुद्दामा जीत हात पारेका छन् ।

क्रिकेटका ‘युनिभर्सल बोस’का रुपमा चिनिने गेलले अस्ट्रेलियाबाट प्रकाशित हुने ३ वटा पत्रिकाले आफूविरुद्ध झुटो समाचार लेखी मानहानी गरेको भन्दै दाएर गरेको गालीबेइज्जतिको मुद्दामा जित हात पारेका हुन् ।

गेलले दायर गरेको मुद्दामा क्षतिपूर्तिवापत आफूले ३ लाख अस्ट्रेलियन डलर पाउनुपर्ने दावी गरेका थिए ।

सन् २०१५ मा सिड्नी मर्निङ हेरल्ड, द एज र ब्यान्बर टाइम्सले वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान गेल एक महिला मसाजकर्ताका अगाडि नाङ्गै बसेको दाबी गर्दै समाचार प्रकाशन गरेका थिए ।

गेलले उक्त समाचारमा सत्यता नभएको भन्दै गाली वेइज्जती मुद्दा दर्ता गरेका थिए । जुन उनले जितेका छन् ।

तीनवटै पत्रिकाले गेललाई तिनुपर्ने भनिएको क्षतिपूर्तिको निर्णयविरुद्ध पुनरावेदन हालेका थिए । तर, अदालतले भने तीनवटै पत्रिकाको दावी अस्वीकार गर्दै गेलकै पक्षमा फैसला सुनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।


Your Views
Related News