लकडाउन डायरी,लकडाउनको मेरो नयाँ वर्ष

यो सालको मेरो ‌नयाँ वर्ष आज कालो बादलले छेकिरहेको छ। शहर भरि मान्छे भएर नि यो सुनसान शहर त्यति नै शुन्री भएका छन मेरो मन प्रत्येक दिन। खाली पेट ,रित्तो खल्ती ,ती पुराना तिता मिठा अतितका यादहरु अनि मेरो बिना कामको थकित शरीर,निदाउन नसकेका नयनहरु सगै एकदम बिचोलिरहेको छ,सगै मेरो मन पनि,!

जति हेरेपनि धित नमर्ने ति हरियाली पाखा पखेराहरु वनभरि फुलेका ति सिमलको फुलले गाउँलाई सजिएर नयाँ वर्ष कुरिरहेको होला, मयुर को नाच संग संगै कोइलीको कूहू,कूहू गर्दै बसन्त ऋतुलाइ स्वागत गर्दै अनि खोलापारिको मन्दिरमा लाग्ने नयाँ वर्षको मेलाका लागि गाउँका भाइ बहिनीहरु पैसा जम्मा गर्दै होलान, गाउँका मान्छेहरु गहुँ काट्न र बारिमा मल छरेर मकै छर्न धमाधम छ रे, आमाले फोन गरेर भन्दै हुनु हुन्थियो! मलाई असाध्यै मन पर्ने बसन्त ऋतु वर्ष भरिका तिता मिठा यादहरुलाइ समाल्दै नयाँ उषाका कि,रण संग संगै अवसरहरु पछियाइ रहेको अनि साथीसङ्गि संग घुम्न को लागि त्यो ठाउँ यो ठाउँ भन्दै रमाइलो पलहरु, वर्षमा एक पटक नयाँ वर्ष को दिन मात्र फुल्ने फूल र मेला लाग्ने फुलवारी को मेला अनि महिना भरि लाग्ने शम्भुनाथको मेला अब त सुनसान भएका छन् रे…..

गाउँ भरिका साथी सँग सिमलको फुलमा रमाउन व्यस्त हुने म , एकछिन घरमा बस्न नसक्ने म, झन् यो बेला के बस्न सक्थें र! हिजो शनिबार कहिले अाउला भनि दिन गनेर बस्थे,यो लकडाउनले शुक्रबार पनि शनिबार जस्तो लाग्छ,अाइतबार पनि शनिबार जस्तो, मंगलबार पनि शनिबारै जस्तो,दिन बार गते सबै बिर्सि जस्तो!

आज अचानक आकाश गज्रियो म हतार हतारले छत माथि गए,कालो बादल संग संगै बादल पारीको देशमा दुई वटा जहाज उडे, थाहा छैन त्यो जहाज फर्कि आउछ या आउदैन्!

हिजो ठुला ठुला सपनाहरु देख्ने, अनि पैसाको पछाडी दौडनेहरु अाज यो सुनसान सहर देख्दा सबै मानिसको सबैभन्दा ठूलो सपना बाच्नु पो रहेछ,हिजो समय संग सगै चल्ने संसार आज को,रोना भा,इरस सग सगै चलिरहेको छ,!हात ह,तियार ले जि,त्ने ठूलो ठूलो देशहरू आज
Third World War चलिरहेछ अनि लड्दैछन् त
केबल डाक्टर,नर्सहरू , सुरक्षा दिदै प्रहरी अनि सुचना दिदै पत्रकार…

अहिले समय फेरिएको छ। अनि मेरो जि,म्मेवारी पनि थपिँदै जादैछ,। केही सपना देखेर गाउँ देखि सहर झरेकी अझै भनौं मेरो गाउँको बस्ती बाट डाँडापारिको शहरको बस्तीको एक कोठाभित्र छु अहिले र फेरि फर्किएर नियालिरहेको छु,ति नयाँ वर्ष, सम्झिदा मात्रै पनि मनमा आनन्द मिल्छ। ति नयाँ वर्षका उर्जा सग सगै विहानीको सुर्योदयको नयाँ उर्जा लाइ समेटेर सामाजिक कामको दुनियाँमा व्यस्त, तर यो वर्षको उर्जा कालो बादल संग संगै यि पानीका थोपाहरूले बगाएर लगिदियो, कहिले काँही दिक्दारी लागेर आउँछ, बुझ्दा बुझि नसक्नुको छ, सम्झिदा नसम्झिसक्नुको छ यो‌ जिन्दगी,!

हिजो सरकारले दुई दिनको लागि भ्याली बाहिर जान दिने भन्ने अनलाइनखबरमा देखे म धेरै खुसी भए सुन्न साथ आमालाई फोन गरेर भोलि म आउँदैछु यसपालिको नयाँ वर्ष सबै जना घरमै बसेर मनाउनु पर्छ है! आमा खुशी हुदै भन्नु भयो ल ल आइज घरमा कति काम छ , गाउँमा सबैले मल बोकेर मकै छरि सके , फोन राखेर मैले सामान प्याक गरे तर केही समयमा सरकारले सुचना निकाल्यो आयो, भोलि र पर्सी खुल्ने बन्द झुटो हो। म झसंग भए नयाँ वर्षमा घर जाने सपना संग संगै पटियार राखेका लुगा सबै छरपस्ट पारिदिए र आमालाई फोन गर्दै भने आमा भोलि र पर्सी खुल्ने बन्द झुटो रहेछ म पछि फोन गर्छु है,भनेर फोन काटेर फेसबुक हेरे बन्द को खबर सरकारले अप्रिल फुल मनायो भन्दै सामाजिक संजाल रङ्गिएको थियो।

दुनियाँमा सबै कुरा सम्भव हुदैन रहेछ तर हावाको पङ्खीको सहायताले उड्ने हवाइजहाज पनि म जमिनमा सहजै अवतरण हुन्छु भनेर आकाशमा यात्रा गर्छ,तर के थाहा जब ऊ आफ्नो गन्तब्यमा नपुग्दै आकस्मिक दुर्घटनामा पर्छ स्वयम यस्तै हो जिन्दगीको गोरेटो,चाहेर पनि हरेक कुराको परिबन्धनले फसाउछ कुनै कुरा टाढाबाट जस्तो देखिन्छ सायद त्यसको नजिक जादाको बास्तबिकता धेरै फरक अनि अलग हुदो रहेछ ।

यो पहिलो नयाँ बर्ष साझमा बसन्त ऋतुकाे मधुमास बनेर महकाउ। खुशी,शान्ति, कोरोना भाइरस को महामारीकोअन्धकारमा मेराे देश सुख,शान्ति,सुन्दर र महामारी अन्त्यको दिप सल्काऊ, ए मेरो नयाँ बर्ष!

खुसिले भरिएका अनगिन्ती सपना लिएर आउ आनन्द ठाउँ को शितल बतास लिएर आऊ यो संसारको अन्धो महामारीको भिडमा ए मेरो नयाँ बर्ष तिमी नयाँ उज्यालोकाे किरण लिएर आउ!

देश रुदै छ लक डाउन छ ठुलै संकटमा परि
लौन ए मेरो नयाँ बर्ष बचाई देउ मेराे देशलाई जसाे तसाे गरि,!!

धन्यवाद !!
लेखक;-अन्जना बिसुन्के✍️
सप्तरी


Your Views
Related News