काठमाडौं : ललितपुर महानगरपालिका वडा नम्बर-१४ ले बाढेको रा,हतको पोको घरधनीले बुझ्दा मजदुर भोकभोकै परेका छन्। कोठा भाडामा बस्‍ने कामदारका लागि राहत वि,तरण गर्ने व्यवस्था भएपनि घर र सटरसमेत भाडामा लगाएका हरुले ललितपुर महानगरबाट वि,तरित रा,हतले पोल्टो भरेका छन्। ‘एक साता अगाडि राहत वि,तरणका लागि सर्वदलीय समिति बनाइएको थियो’, एक स्थानीयबासीले भने, ‘घर नहुने र कोठामा बस्नेलाई राहत वि,तरण गर्ने सहमति बैठकमा भएको थियो। तर रा,हत चाहिँ घर भएकालाई मानिसलाई मात्रै वि,तरण गरिएको छ।’

कोठामा बस्‍नेलाई र मजदुरलाई रा,हत वि,तरणमा विभेद गरिएको आ,रोप मजदुरहरुले लगाएका छन्। रा,हत वि,तरण समिति बनाउँदा समान रुपमा सबैलाई बाँड्ने भनिए पनि विभेद गरिएको उनीहरुले गुनासो गरेका छन्। आफन्त र चिनेका मानिसलाई मात्रै राहत बाँडिएको हो। राहत वि,तरणका लागि सबैको घरमा गएर फारम भरिएको थियो। तर दिनेबेला घर भएका मानिसलाई मात्रै थमाइएको छ। ‘कोठामा बस्ने र म,जदुरी गर्ने धेरै मानिस रित्तो हात फर्कन बाध्य भएका छन्’, अर्का म,जदुरले भने। तर रा,हत समान वि,तरणमा कसैलाई पनि विभेद नगरिएको दा,बी वडा नम्बर १४ का अध्यक्ष बाबुराम महतले गरेका छन्।

‘रा,हत वि,तरण म,जदुर वर्ग र कोठामा बस्नेलाई व्यवस्था गरिएको हो’, उनले भने, ‘सबैको घर-घरमा गएर राहत बाँड्न फारम भराइएको थियो।’ उनका अनुसार १० किलो चामल, नुन एक पोका र तेलसहित खाद्य सामग्री वितरण गरिएको हो। वडामा वि,तरण गरिने रा,हतमा कसैलाई पनि नछुट्याइएको उनले दा,बी गरे। ‘केही मानिस घर भएको र मोटरसाइकल चढेर राहत लिन पनि आएका थिए,’ उनले भने,’गति छाडेर भए पनि केही घर भएका स्थानी मानिसले राहत लिएर गए।’ म,जदुर नछुटुन् भनेर प्रहरी प्रशासन राखेर राहत वि,तरण गरिएको उनले बताए।


Your Views
Related News